तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासी पश्चिम। रामग्राम नगरपालीकाका जनप्रतिनिधी बोक्दै आएको लु १ झ ४७३ नम्बरको स्कारपियो गाडीले आजबाट कोभिड १९ संक्रमीत बिरामी वोक्न थालेको छ  ।

नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रयोग गर्दै आएको उक्त गाडीलाई एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरेपछि  गाडीले कोभिड १९ बाट संक्रमीत भएका नगरभित्र रहेका बिरामी वोक्न थालेको हो । 

कोभिड १९ को असहज परिस्थितीलाई मध्यनगर गर्दै आफुले चढ्ने गाडी कोभिड संक्रमीतको उपचारमा सघाउ पुर्याउने उद्देश्यले एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरिएको नगरप्रमुख गुप्ताले जानकारी दिए । 

नगरप्रमुख गुप्ताले आफुले चड्ने गाडीमा नगरभित्रका कोभिड १९ बाट संक्रमीतलाई आवश्यकता अनुसार आईसोलेसन सेन्टर तथा अन्य स्वास्थ्य संस्थामा लैजानका लागि प्रयोग गर्न मिल्ने गरी एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरेपछि उक्त कार्यको चौतर्फी प्रशंसा भएको छ  । कोभिड १९ को संक्रमण न्युनीकरण तथा रोकथामकालागि नगरपालीकाले भुमिका निर्वाह गर्दै आईरहेको नगरउपप्रमुर रम्भा कुवंरले बताइन् । 

उक्त सवारीले नगरभित्रका कोभिड १९ बाट संक्रमीतलाई घरबाट आईसोलेसन सेन्टर तथा अन्य स्वास्थ्य संस्थामा लैजाने कार्यमा प्रयोग गरिने गरी व्यस्थापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिए । 

रामग्राम नगरपालीका नगरप्रमुख गुप्ताले आफु चढ्ने सरकारी गाडीलाई एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरे जस्तै देशका सबै स्थानीय तहका जनप्रतिनिधीहरुले चढ्ने सरकारी सवारी साधनलाई कोभिड १९ का विरामीको उपचार गर्न सघाउ पुर्याउने कार्यमा प्रयोग गर्न सकियो भने पक्कै पनि बिरामीलाई समयमै स्वास्थ्य संस्था पुग्न मद्दत पुग्ने छ । 

नगरपालीकाले यस अगावै रामग्राम नगरपालीका वडा न–४ जितपुर स्थित पाल्ही बहुमुखी क्यापसको भवनमा अख्सिजन सहितको २० शैयाको आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएपछि कोभिड बिरामीले सेवा लिदै आएका छन् ।   

यसैगरी रामग्राम नगरपालीकाले कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेका संक्रमीतहरुको घर घरमा पुगेर औषधी वितरण गर्ने बिरामीहरुलाई स्वास्थ्यकर्मीहरु मार्फत घरमै गई परामर्श दिने काम गर्दै आईरहेको    । गुप्ता नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …