तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वैशाख ३१, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ शुक्रवार विहान बाँडफाँट भएको छ ।

आईपीओ विक्री प्रबन्धकमा सन्राइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । क्यापिटलले कोभिडको जोखिमलार्ई ध्यानमा राखी थोरै जनाको मात्र उपस्थितिमा आफ्नो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओ २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले पाएका छन् । यीमध्ये थप ४ जनाले थप एक/ एक कित्ताका दरले ११/११ कित्ता शेयर हात पारेका छन् ।

कम्पनीको आईपीओका लागि परेको आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ जनाको आवेदनमात्र योग्य भएको क्यापिटलको भनाइ छ । कुल १६ लाख ९० हजार ६९ जना आवेदकमध्ये ४ हजार ४४२ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गरेको हो ।

यसमध्ये कम्पनीले २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २३ लाख ४१ हजार ९५४ कित्ता अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो । हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँट पश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुगेको छ ।

कम्पनीद्वारा प्रबर्द्धित साङ्गे जलविद्युत् आयोजना र राधी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् ।

उक्त कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रबर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ मा चुक्तापूँजी वृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ ।

आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६/ ७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । अभियान दैनिकबाट

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …