तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या दिनानुदिन बढिरहँदा स्वास्थ्य प्रणालीमाथि चर्को दबाव परिरहेको सरकारले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक औसत आठ हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका छन्।

सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धिसँगै अक्सिजन दिनुपर्ने र आईसीयूमा राख्नुपर्ने बिरामीको सङ्ख्या पनि क्रमशः बढिरहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

गत दुई सातायता नै नेपालमा एक लाखभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपाल कुन दिशामा जाँदैछ?

नेपालमा हालै गरिएको एउटा अध्ययनले कोरोनाभाइरस सङ्क्रमण दर उच्च भएमा जेठ मसान्तसम्ममा दैनिक ११,००० नयाँ सङ्क्रमित देखिन सक्ने प्रक्षेपण गरेको छ।

सो अध्ययनअनुसार दैनिक ११,००० सङ्क्रमित थपिएमा त्यसको १५ प्रतिशत अर्थात्‌ १,६०० बिरामी दैनिक भर्ना गर्नुपर्ने र अक्सिजन आवश्यक पर्ने बिरामी हुन सक्छन्
मङ्गलवारकै दैनिक वृद्धि हेर्दा कुल २४ घण्टाको अवधिमा ९,४८३ जना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

यसबीचमा अस्पतालको शय्यादेखि अक्सिजनसम्मको अभाव देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी स्वीकार्छन्।

समग्र अवस्था हेर्दा नेपाल महामारीको कुन दिशामा गइरहेको छ भन्ने प्रश्नमा सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यात भन्छन्, “हामी अननोन ट्र्याजक्टरी [अनिश्चित बाटो] तर्फ गइरहेका छौँ।”

“हाम्रो स्वास्थ्य प्रणालीमाथि यसले एकदमै चुनौती थपिदिएको छ। ठूलो बाढी आएको बेला डुङ्गा नै नभए जस्तो भएको छ।”

पछिल्ला दिनमा देखिएको सङ्क्रमण दर र मृतकको सङ्ख्याले आउँदा दिनबारे सुखद सङ्केत नगरेको विज्ञहरूको ठम्याइ छ।

त्यस्तैमध्ये एक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला भन्छन्, “सङ्क्रमण अझै फैलिने डर छ। घरमा बसेका व्यक्तिहरू आफू सङ्क्रमित भएर अरूलाई सङ्क्रमित बनाइरहेका छन्।”
तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी अझ खराब दिन आउने आकलनमा सहमत देखिँदैनन्।
“धेरै मानिस सङ्क्रमित भएर निको भइसकेका छन्। कतिपयले कोभिड खोपको दुईवटै र केहीले एउटा मात्रा लिइसकेका हुनाले त्यस्तो दुर्दिन आउँछ जस्तो मलाई लाग्दैन,”उनले थपे।
रोकथाम तथा नियन्त्रणका उपाय के?
नेपालमा पछिल्लो समय सङ्क्रमण बढ्न थालेसँगै रोकथाम तथा नियन्त्रणको प्रयासमा अधिकांश स्थानीय प्रशासनहरूले निषेधाज्ञा लागु गरेका छन्।
हाललाई आन्तरिक तथा चार्टर्डबाहेक अन्तर्राष्ट्रिय उडानहरूमा पनि सरकारले रोक लगाएको छ। प्रतिबन्धात्मक कदमहरूका बीच सङ्क्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन

अहिले सङ्क्रमण दर उच्च देखिए पनि प्रतिबन्धात्मक कदमहरूको नतिजा बिस्तारै देखिन थाल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल दाबी गर्छन्।

गहिरिँदो सङ्कटलाई सम्बोधन गर्न जनस्वास्थ्य ऐनअनुसार स्वास्थ्य सङ्कटकाल लगाउनुपर्ने उनको सुझाव छ। “त्यो लागु हुनासाथ सरकारी तथा निजी अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, विद्यालय लगायतलाई सरकारले प्रयोग गर्न पाउँछ।” बिबिसि

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …