तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वैशाख ३०, काठमाडौं । चालू आवको तेस्रो त्रैमाससम्ममा प्रभु इन्स्योरेन्स कम्पनीले रू. १५ करोड १८ लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४ दशमलवल ९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. १५ करोड २२ लाख नाफा कमाएको थियो ।

त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू.१ अर्ब १५ करोड ७२ लाख बीमाशुल्क आर्जन गरेको छ । चुक्तापूँजी रू. १ अर्ब ५ करोड ६२ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. २८ करोड ९३ लाख र बीमा कोषमा रू. ७८ करोड ८९ लाख सञ्चित गरेको छ ।

हालसम्ममा कम्पनीले जारी गरेको बीमालेखको संख्या ८० हजार ४८७ पुगेको छ । त्यसैगरी कम्पनीको नविकरण गरिएको बीमालेखको संख्या १७ हजार ५५८ रहेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७ हजार ६३० जनालाई रू. २९ करोड ३९ लाख ३९ हजार दाबी भुक्तानी गरेको छ भने १ हजार ९५९ जनालाई रू. १६ करोड ९२ लाख ९५ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. १५, मूल्य आम्दानी अनुपात रू. ६४, तरलता अनुपात २ दशमलव ६८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २१३ रहेको छ । अभियान दैनिकबाट

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …