तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

झापा । कोभिड–१९ बाट सङ्क्रमित पत्रकारहरुको घरघर पुगेर नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा झापाको टोलीले औषधि वितरण र योग विधि सिकाउने अभियान शुरु गरेको छ । शाखाका उपाध्यक्ष केशव भट्टराईका अनुसार झापामा कोरोनाबाट हालसम्म २६ पत्रकार सङ्क्रमित भइसकेका छन् भने १३ जना अहिले होम आइसोलेशनमा रहेका छन् ।

पौष्टिक आहारका रूपमा ओखर, काजुलगायतका फलफुल र औषधिका रूपमा अश्वगन्धा, गुडुची, जेठी मधु, त्रिकटलगायतका १० प्रकारका आयुर्वेदिक जडीबुटी पत्रकारहरुको होम आइसोलेशनमै पुर्याइएको हो ।

शाखाका अध्यक्ष एकराज गिरीले महासङ्घको टोली पोषिलो आहार र औषधिसहित घरघरै पुग्दा सङ्क्रमित पत्रकारहरुको स्वास्थ्य अवस्था बुझ्न र आवश्यकताबमोजिम चिकित्सकीय सुविधाका लागि पहल गर्न सजिलो भएको बताउनुभयो ।

कोभिडसँग जुधिरहेका बेला पत्रकार महासङ्घको टोलीले होम आइसोलेशनमै आएर पौष्टिक आहार, जडीबुटी र विज्ञ परामर्श उपलब्ध गराउँदा आत्मबल उच्च भएको कान्तिपुर दैनिकका झापा समाचारदाता पर्वत पोर्तेलले बताउनुभयो ।

पत्रकार महासङ्घको झापा शाखाले कोभिडका हजारौँ बिरामीको उपचार गरिसक्नुभएका चितवन अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा गोविन्द कँडेलसँग कोरोना सङ्क्रमणबाट बच्ने उपाय र सङ्क्रमितले स्वास्थ्य हेरचाहमा ध्यान दिनुपर्ने विषयमा भर्चुअल परामर्श सेवा प्रदान गरिसकेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …