तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण थपिने क्रम जारी नै छ । बुधबार पनि थप नौ हजार ३०५ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २० हजार ३६२ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार २३८ जना र ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जना गरी थप नौ हजार ३०५ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । डा. गौतमले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ६३४ पुगेको जानकारी दिनुभयो । 

यसअघि मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित हुनासाथ नेपालको स्वास्थ्य अवस्था र अस्पतालहरूले कोरोना सङ्क्रमितको उपचार नधान्ने हँुदा समयमै पुनः बन्दाबन्दी गर्न सुझाव दिएको थियो । त्यो सङ्ख्याभन्दा अहिले चारगुणा बढी हो । यस्तै क्वारेन्टाइनमा ५१७ जना रहेका छन् । 

त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा एक हजार २४१ र भेन्टिलेटरमा २८५ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । बुधबार थप चार हजार ४४४ जना सङ्क्रमित निको भएका छन् । हाल निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको छ । बुधबार थप १६८ जना सङ्क्रमितको निधन भएको छ ।अघिल्लो दिन २२५ जना सङ्क्रमितको निधन भएको थियो । 

यसैबीच बुधबार काठमाडौँ उपत्यकामा थप तीन हजार ९२४ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा मात्र तीन हजार २५० जना थपिएका छन् । यसैगरी भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना गरी थप तीन हजार ९२४ जना थपिएका हुन् । 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …