तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

इजरायल। इजरायली सुरक्षाकर्मी र पेलेष्टाइन विद्रोहीबीचको भिडन्तले उग्र रुप लिएपछि मध्य शहर लडमा सङ्कटकालको घोषणा गरेको छ ।

पेलेष्टाइन विद्रोही समूहले इजरायलमा सयौं रकेट प्रहार गरेको छ । इजरायलले गाजा क्षेत्रमा भारी मात्रामा हवाई आक्रमण गरेको छ । पछिल्लो केही समय यता शान्त रहेको इजरायल र प्यालेष्टाइनबीचको पछिल्लो विवादमा कम्तीमा ४० जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

इजरायलको सुरक्षा दस्ताले जेरुसेलममा गरिएको आक्रमणको जवाफमा गाजामा विद्रोही समूहलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ ।
प्यालेष्टाइनले भने सोमबारपछि एक हजारभन्दा बढी रकेट मध्य तथा दक्षिणी इजरायल क्षेत्रमा प्रहार गरेको छ । प्यालेष्टाइनले गाजा क्षेत्रमा रहेको एक टावरमाथि हवाई आक्रमण गरेर इजरायलले ध्वस्त बनाएपछि तेल अबिबमाथि आक्रमण गरेको जनाएको छ ।

इजरायली प्रहरी र प्यालेष्टाइन समूहबीच जेरुसेलममा हप्तौंदेखि चलेको विवाद हिंसाको रुप लिँदा हवाई आक्रमणको स्थितिसम्म आइपुगेको हो । जेरुसेलम मुस्लिम र जेविश दुबै समुदायको पवित्र धार्मिक स्थल हो । अन्तर्राष्ट्रिय समुदायलाई हिंसा अन्त्य गर्न अपील गरेको छ ।

हालसम्म हिंसामा परेर दश बालबालिकासहित ३५ जना प्यालेष्टाइन र पाँच इजरायली नागरिकको मृत्यु भएको छ । तेल अबिब नजिकैको शहर लडमा एकजना इजरायली अरब ब्यक्तिको अन्त्येष्टिपछि प्रदर्शन सुरु भएको थियो । प्रदर्शन हिंसाको रुप लिँदा रकेट प्रहारपछि इजरायलमा रहेका अरबी मूलका एक छोरी र बुवा सबार कार ध्वस्त भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …