तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बेलायत । खोटाङ सेवा समाज युकेको ५ औं अधिवेशन सम्पन भएको छ ।

आईतवार खोटाङ सेवा समाज युकेको रिटायर्ड मेजर भूपजित राईको अध्यक्षतामा भर्चुअल मार्फत गरिएको अधिवेशनले डा. प्रमोद कोयी राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट अध्यक्षमा डा. प्रमोद कोयी राई, उपाध्यक्ष श्रीमती भाग्यवती राई, उपाध्यक्ष प्रशाद राई, उपाध्यक्ष झलम राई, उपाध्यक्ष भविन राई, महासचिव भोला बिक्रम राई, सचिव: श्रीमती रोजिना राई, सचिव देवेन्द्र राई, सचिव राजेन्द्र राई, कोषाध्यक्ष चन्द्र जयपाल राई, सह-कोषाध्यक्ष सन्जिव राई चयन भएका छन ।

यस्तै सदस्यीयहरुमा क्या. सन्तोष राई, वशन्त गुरुङ, खिलेन्द्र राई, श्रीमती जानुका राई, धीरज राई, सन्जिव राई ‘पारदर्शी’, सदस्य श्रीमती सुमि राई, श्रीमती लिला गोम्देन, सुश्री अरुणा राई, प्रज्वल राई, बम बहादुर तामाङ, शिव ध्वज राई,पुजन खत्री, ढक बहादुर राना मगर निर्बिरोध निर्वाचित भएका हुन ।

खोटाङ सेवा समाज युकेले खोटाङ जिल्लावासीलाई बाढी, आगलागी जस्ता प्राकृतिक विपत्तिमा निरन्तर सहयोग गरिरहेको छ । खोटाङ सेवा सामाज युकेले अघिलो समय खोटाङको विभिन्न गाउँपालिकालाई ७ वटा एम्बुलेन्स् सहित हस्तान्तरण गरिसकेको छ।

समाजले सन् २०२० मा ‘खोटाङ भिजिट’ कार्यक्रम सार्वजनिक गर्दै बेलायतमा जन्मिएर हुंर्कदै गरेका बालबालिकालाई मातृभूमिको सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्व अवगत गराउने योजना ल्याएको थियो तर कोभिड महामारीले स्थगित उक्त कार्यक्रम नयां कार्यसमितिले निरन्तरता दिने भएको छ ।

विश्व ब्यापी फैलिएको कोभिड १९ को प्रतिकुल अवस्थामा पनि प्रबिधि मार्फत अधिवेशन भव्यरुपमा सम्पन्न भएको सह-कोषाध्यक्ष सन्जिव राईले आगमनखबरलाई बताउनुभयो ।

समाजले स्वास्थ्य शिविर सञ्चालन र कोरोना पीडितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको पनि सह-कोषाध्यक्ष सन्जिव राईले बताए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …