तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अफगानिस्तानको राजधानी काबुलमा एउटा माध्यमिक विद्यालयनजिकै विस्फोटनहरू हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा दर्जनौँ अरू घाइते भएका छन्।

विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिवार ती विस्फोटनहरू भएका थिए। सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा बाटोमा विद्यार्थीका झोलाहरू छरपस्ट देखिन्छन्।

हताहत हुनेमध्ये अधिकांश छात्रा भएको शिक्षा मन्त्रालयले जनाएको छ।

दश्त-ए-बर्चीमा भएको उक्त घटना आफूले गराएको दाबी कसैले पनि गरेको छैन। त्यो क्षेत्रमा प्रायः सुन्नी लडाकुहरूले आक्रमण गरिरहन्छन्।

तालिबानले आफ्नो संलग्नता अस्वीकार गरेको छ।

अफगान अधिकारीहरूका अनुसार विस्फोटनका लागि एउटा कार बम र मोर्टारहरू प्रयुक्त भएका थिए। बिबिसि

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …