तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वैशाख २५, काठमाडौं । वैशाख १६ गतेदेखि देशका विभिन्न स्थानमा शुरु भएको निषेधाज्ञाका बीच पनि शेयर बजारको कारोबार भने उत्साह जनक रहेको छ ।

निषेधाज्ञाका कारण व्यवसायिक अन्य क्षेत्रहरु प्रभावित बनेपनि शेयर कारोबार भने पूर्ण रुपमा सञ्चालन गरिएको छ । कारोबारका लागि सञ्चालन गरिएको अनलाईन कारोबार प्रणालीमार्फत नै घरभित्र सीमित भएको जनजीवन शेयर कारोबारमा सक्रिय रहेको देखिन्छ । यो साता नेप्से परिसूचक घटबढ भएपनि औषतमा बजारका सबै परिसूचकहरु सकारात्मक रहेका छन् ।

गत साताभन्दा यो साता बजारका महत्वपूर्ण सबै सूचकहरु बढेका छन् । यो साता गत साताभन्दा नेप्से परिसूचक २६ दशमलव शून्य ३ अंक माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन वैशाख १६ गते २ हजार ६११ दशमलव १० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन वैैशाख २३ गते २ हजार ६३७ दशमलव १३ विन्दुमा पुगेको हो ।

यो साता पाँच कारोबार दिनमा तीन दिन बजार घटेपनि परिसूचक बढेको छ । साताको पहिलो कारोबार दिन ५४ अंकले बढेको बजार दोस्रो दिन १२ दशमलव ३५ अंकले घटेको थियो ।

त्यस्तै, तेस्रो कारोबार दिन १ दशमलव ९४ अंकले बढेको बजार चौंथो दिन ५ दशमलव शून्य ९ अंक र पाँचौ दिन १२ दशमलव ४७ अंकले घटेको छ । छोटो समयमै नाफा बुक गर्नेहरु हाबी हुँदा यो साता बजार करेक्सनको सिकार भएको जानकारहरु बताउँछन् । लगानीका अन्य क्षेत्रहरु बन्द हुँदा बजारमा लगानी बढीरहेको अवस्थामा बजार घट्नुपर्ने कारण नरहेको जानकारहरुको भनाइ छ ।

समग्र शेयर कारोबार मापक नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव शून्य २ अंक बढेको छ । गत साता ४६९ दशमलव शून्य २ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४७३ दशमलव शून्य ४ विन्दुमा पुगेको छ ।

यो साता कारोबार रकम पनि गत साताभन्दा रू. ६ अर्ब ६३ करोड ७५ लाख ५५ हजार बढी भएको छ । गत साता रू. २७ अर्ब ३३ करोड १६ लाख ७० हजार बराबरको ५ करोड ६५ लाख ८८ हजार २९४ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. ३३ अर्ब ९६ करोड ९२ लाख २६ हजार बराबरको ७ करोड ५६ लाख ४ हजार ८८५ कित्ता शेयर कारोबार भएको हो ।

यो साता सकारात्मक रहेको शेयर बजारको कुल पूँजीकरण रू. ३६ खर्ब ५८ अर्ब ७६ करोड ४० लाख ३३ हजार पुगेको छ । गत साताको अन्तिम कारोबार दिन यो रकम रू. ३६ खर्ब २० अर्ब ८७ करोड २० लाख ९२ हजार थियो । साताको कारोबारले कुल बजार पूँजीकरण रकम रू. ३७ अर्ब ९३ करोड ६० लाख ४१ हजार बढेको हो । अभियान दैनिक बाट

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …