तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल ९८८४८.८६ मिटर को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबार साँझ ६ बजे सफल आरोहण गरेको बाटो निर्माण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाले बताए ।

यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने यी आरोहीहरु पहिलो हुन्। सफल आरोहण गर्नेहरुमा कामरिता शेर्पा, फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, निमा टासी शेर्पा, मिंगमा तेन्जी शेर्पा, फुरा छिरिङ शेर्पा, तेन्जिङ शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोटर शेर्पा, मिंगमा दोर्ची शेर्पा र फुर्बा कुसुङ शेर्पा रहेका छन्।

यो समाचार गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …