तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेकालाई अत्यावश्यक पर्ने अक्सिजनको अभाव भइरहेका बेला स्थानीय तह आफैले अक्सिजन उत्पादन गर्न अग्रसर हुन थालेका छन् ।

अक्सिजनको अभावमा कतिपय अस्पतालमा बिरामी छटपटाइरहेको र कतिको ज्यानै जान थालेपछि स्थानीय तह आफैले अक्सिजन प्लान्ट सञ्चालनको तयारी गर्न थालेका हुन् । आआफ्नो पालिकाभित्र भएका ठूला प्रकृतिका अस्पतालसँग सहकार्य गरेर स्थानीय तहले अक्सिजन प्लान्ट सञ्चालन गर्न लागेका हुन् । अहिले उपत्यका काठमाडौँ, ललितपुर महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएका छन् ।

काठमाडौँ महानगरपालिकाले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्न थालिसकिएको छ । काठमाडौँ महानगरपालिकाको दुई करोड ७५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्टको स्थापना गरिएको महानगरपालिकाले जनाएको छ ।

उक्त अक्सिजन प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेकोे छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिने गरी अक्सिजन प्लान्ट स्थापना गरिएको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी अक्सिजन प्लान्ट स्थापनाका प्रक्रिया अगाडि बढाएको छ । महानगरपालिकाले पाटन अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड रुपियाँ प्रदान गरेको छ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो– “कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखेर महागनरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर

अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अगाडि बढाएको हो महानगरपालिकाले अगामी दिनमा अस्पतालसँग सहकार्य गर्न सकिने विषयमा सहकार्य गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले अक्सिजन प्लान्ट जडान हुन बढीमा दुई महिना लाग्ने भएकाले अहिले अक्सिजन सिलिन्डर खरिद गरेर अक्सिजन प्रयोग गरिरहेको बताउनुभयो । अस्पतालको कार्यलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न महानगरपालिकाको भूमिका थप प्रभावकारी हुने अस्पतालले जनाएको छ ।

मध्यपुर थिमी नगरपालिकाले नगर अस्पताल नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा एक साताभित्र अक्सिजन प्लान्ट सञ्चालन गर्ने तयारी गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले ५० लाख रुपियाँको लगानीमा एक साताभित्र अस्पतालमा अक्सिजन प्लान्ट राख्ने तयारी गरिएको बताउनुभयो ।

उहाँका अनुसार उक्त लगानीबाट उत्पादन हुने प्लान्टबाट दैनिक ९० सिलिन्डर ग्यास उत्पादन गर्न सकिन्छ । मध्यपुर थिमि नगरपालिकाले सञ्चालनमा ल्याएको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा नौ वटा आईसीयू र सातवटा भेन्टिलेटरसहितका शøया छन् । यी सबै शøया अहिले कोरोना सङ्क्रमितले भरिएका छन् । कोरोनाका बिरामीका लागि अक्सिजन व्यवस्थापन नै मुख्य चुनौती बनिरहेका बेला स्थानीय तहको सहयोग र अस्पतालको व्यवस्थापन अक्सिजन उत्पादन कार्यले अस्पतालका लागि राहत पुगेको उक्त अस्पतालले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …