• बुधबार, असार-२,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल (स्याङ्गजा,वालिङ-६ मिर्दी)

योगमार्गमा लागेका साधकहरु तथा लगनशील भएर जीवनलाई सफल गराउने कर्मठ व्वक्तिहरुले भन्ने गर्दछन कि ‘तिम्रो व्रतमान जीवन तिम्रो विचार तथा हाल सम्मका कार्यहरुको परिणाम हो, तिमीले चाहेमा जीवनलाई उत्तम वनाउन सक्ने छौ’ । यस हिसावले  सवै नागरिकहरुको समष्टिगत विचार तथा कार्यहरुको प्रतिविम्व हो त्यस देश वा समाज ।  तर हामीैले यो सत्यलाई स्वीकार गर्न सक्दैनौ र देशले वा नागरिकहरुले हाल जे जस्ता समस्याहरु झेल्दै आएकाछौं, यो सवै राजनैतिक दल, सरकार तथा यसका नेताहरुको अकर्मण्यताकै कारण हुन गएको हो भनेर दोष दिने गरिन्छ । अरु माथी मात्र दोष थोपर्ने कुरा कति जायज छ वा योगीहरुले भनेझै व्यक्तिको प्रयासमा जीवनलाई उत्तम  वनाउन सकिने विचारले देशको सम्वृद्दिकोलागि कति  महत्व राख्द छ भन्ने विषयमा यँहा सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।

जनताको न्युनतम आवस्यक्ताको परिपुर्ति सुख सुविधा तथा देशको सर्वांगीण विकासको लागि विश्वमा धेरै राजनैतिक विचार तथा दर्शनको प्रयोग हुदै आएको छ । प्रचलित विभिन्न राजनैतिक विचार मध्ये देशले अंगिकार गरेको राजनैतिक शिद्दान्त वा दर्शनलाई नै त्यो देशको सम्वृद्दिको मुख्य आधार भएको दावी गर्ने गरिन्छ । जुनसुकै सिद्दान्त अवलम्वन गरेता पनि त्यसका सन्चालकहरु इमान्दार भएर काम गरेका र  नागरिकहरुको सकारात्मक विचार  र सकृयताले मात्र  ती देशहरु सम्वृद्द र सुखी भएको देखिने गरेको छ । त्यसरी धनी भएका देशहरुलाई देखेर नै  हामी कँहा केही भएन, नेताले गरेनन,सरकारले गरेन भनेर एकोहोरो आलोचना गर्ने गर्दछौ । के हामी सवै नागरिकहरु पनि उनीहरुको देशका जस्तै इमान्दार छौं,जागरुक छौं, न्यायपुर्वक धन कमाउने कुराको कल्पना गर्दछौं, राज्यका लागि योगदान दिन तत्पर छौं ? हामी स्वयं उनीहरु जस्तै छौं छैनौं तुलना गरेर पनि हेर्नु पर्ने हुन्छ ।

युरोप अमेरिका समेतका पश्चिमेली देशहरुमा आज भन्दा २०० वर्ष अगाडि सम्म  हामीले भन्दा वढी समस्याहरु संग झुध्ने गर्दथे । त्यँहाको क्रान्ति पछिको परिवर्तनले हरेक नागरिकलाई सुखी र सम्वृद्द जीवनको अभिलाषा जगाउने काम गर्यो । औध्योगिक क्रान्ति पछि फस्टाउदै गरको पुँजीवादी  व्यवस्था अन्तर्गत हरेक नागरिकले धनी र सुखी वन्ने सँकल्प गर्न थाले । तँहाका चिन्तक, दार्शनिक, साहित्यकार, लेखक,आविस्कारक तथा वैज्ञानिकहरु सवै विकास सम्वृद्दि र सामाजिक न्यायका लागि ऐक्यवद्द भएर  अगाडि वढे । गरिवको परिवारमा जन्म भएर पनि मेहनत गरेर वनेका धनवानहरुको जीवन चरित्र, सफलताका कथाहरु, उनीहरुले के कस्ता संकटलाई पार गर्दै जीवनलाई सार्थक वनाउन सकेका थिए भन्ने प्रेरणदायक साहित्यहरुको प्रकाशन र चर्चाले नागरिकहरुमा उध्यमी वन्ने उत्साह वढ्रदै गयो । गरिवीको हिन भावनालाई त्याग गर्दै सानो ठूलो नभनिकन काम गरियो भने अवस्य धनी वन्न सकिन्छ भन्ने सन्देश हरेक नागरिकमा पुग्न थाल्यो । उदात्त भावले, कर्ममा खटिए पछि मानिसले सफलता हासील गर्न सक्दछ भन्नेमा हरेक नागरिकमा आत्म विश्वास दृढ हुदै गयो तव न ती देशहरु अहिले विकसित र सम्वृद्द छन् ।  व्यक्ति जति धनी हुदै जान्छ उति समाजलाई पनि सहयोग गर्दै जाने परम्परालाई निरन्तरता दिदै जान थाले ।

गत वर्ष कोरोना संक्रमणको विपत्तिका वेला पश्चिमेलीहरुले खुला दिलले  धुकुडी खोलेर आफ्रना  छिमेकीहरुलाई सहयोग गरेका थिए । राजनीतिमा लागेर नाम कमाउन भन्दा  उदात्त धनवानको सूचिमा आफ्रनो नाम दर्ज भएको हेर्न चाहदा रहेछन उनीहरु । गत वर्षको कुरा हो व्रतमान वेलायती प्रधानमन्त्री वोरिस जोन्सनले प्रधानमन्त्रीको तलव कम भएकोले पदबाट राजीनामा दिएर त्यो भन्दा धेरै डलर कमाउने आफ्रनो पुरानो भाषण गर्ने पेसामा फर्कने कुरा समाचारमा आएको थियो । धनी हुदा दान, सेवा र परोपकारलाई पनि जीवनको कर्तव्य सम्झने संस्कृति छ उनीहरुको ।  पश्चिमेलीहरुको  विकास र सम्वृद्दिको मुख्य राज यही हो जस्तो लाग्दछ । अहिले हाम्रा धेरै युवाहरु ती देशवाट फर्किए पछि त्यँहाको प्रविधि तथा पद्दतिको अनुशरण गर्दै धनी वन्ने उत्साहले पेषा व्यवसाय गर्न लागेका छन र सफल पनि भएका छन । ती मात्र होइन देश भित्रै सफल उध्यमीहरु पनि धेरै नै छन तर हामी कँहा त्यस्को प्रचार गर्ने, प्रेरणदायक लेख रचना प्रकाशन गर्ने प्रार्थमिकतामा पर्देन खाली राजनैतिक गाली गलौजका घटनाको रस लिएर हेर्ने पढ्रने गरिन्छ । जसको जीवन खुलस्त, फरासिलो र उदारभावको छ त्यस्ता महानुभावहरुले तन मन धनको सारा शक्ति लगाएर कर्म गर्दा सफल भएका छन हामी कँहा पनि ।

हामी धनी नहुनुमा केवल सरकार, नेता र राजनीतिलाई मात्र दोष दिने गर्दछौं  । केही हदमा यी कुराहरुको अर्थ होला तर हामीले जसलाई दोषी देख्दैछौं, उनीहरु पनि हाम्रै समाजका सदस्य हुन् हाम्रै मतबाट प्रतिनिधित्व गर्ने सदस्यहरु हुन् । उनीहरुलाई हामीले नै चुनेर छनोट गरेर पठाएका त हौं । यसर्थ हाम्रो व्रतमान स्थिति हामी सवैको मनस्थिति र यथार्थको समष्टिगत दर्पण हो । यसर्थ हामी सवैले इमान र न्यायलाई आधार वनाएर धनी वन्ने विचार लिएर सानो ठूलो नभनिकन कर्ममा लगातार खटिईरहने हो भने साधकहरुले भनेझै हाम्रो धनी वन्ने विचार चरितार्थ हुन्छ, अरुलाई मात्र दोषी देख्ने विमारी शान्त हुनेछ हामी सवै सम्पन्न हुनेछौ तव देश पनि धनी हुनेछ  ।

 

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

उच्च मनोबलले जित्यौँ कोरोना

उच्च मनोबलले जित्यौँ कोरोना
पत्रपत्रिका

ढुंगागिट्टी मासिँदै, पानी भासिँदै

प्राकृतिक स्रोतमाथि दोहन बढ्दा ट्युबवेल र इनार सुके भूमिगत स्रोत नभेटिएपछि खानेपानीकै अभाव बोरिङबाट समेत पानी नआएपछि सिँचाइ ठप्प खानेपानीका लागि तराईमा सजिलो साधन हो चापाकल …

कोरोना संक्रमणबाट प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु

काठमाडौं । देशभर कोरोना संक्रमणबाट दैनिक सरदर मृत्युदर घट्दोक्रममा पाइएको छ । गत बुधबारदेखि मंगलबारसम्म आधार मान्दा प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु हुने …

कोरोना उपचारमा नेपाल सफल हुँदै

लन्डन । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर …

ओलीविरुद्ध डटेर लड्न १५ नेता एकजुट

नेकपा (एमाले) बाट निष्कासित माधवकुमार नेपाल पक्षका १५ जना नेताले आफुलाई गरिएको कारबाही स्वेच्छाचारी भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीका गतिविधि विरुद्ध डटेर लड्ने बताएका …