तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । जिल्ला अदालत रसुवाले वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’ कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिमाना तोकेको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले बुधबार सजाय निर्धारण गरेको सेस्तेदार मुना अधिकारीले जानकारी दिइन् ।

कुन्जोकको मुद्दामा गत ८ वैशाख न्यायाधीश नेपालको इजलासले फैसला गरे पनि सजाय निर्धारण भने बुधबारको इजलासले गरेको हो ।

२०७५ सालमा फौजदारी संहिता लागू भएपछि तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा अदालतले सुरुवातमा आपराधिक अभियोग लागेको कुनै व्यक्ति दोषी रहे÷नरहेको ठहर गर्नुपर्छ । सोहीअनुसार पहिला फैसला गरेर पछि सजाय निर्धारण गरिएको हो ।

नेपालमा मात्रै नभएर भारतमा समेत वन्यजन्तु तस्करीमा नाम जोडिएका कुन्जोकलाई इन्टरपोलको सहायतामा नेपाल प्रहरीले ११ असार २०७६ मा पक्राउ गरी रसुवा जिल्ला अदालतमा बुझाएको थियो । १५ वर्षअघि ठूलो परिणाममा पाटेबाघ र चितुवा छालासहित रसुवा स्याप्रुबाट पाँच जना पक्राउ परे पनि उनी फरार थिए ।

जिल्ला अदालतमा वन्यजन्तु तस्करी अपराधमा मुद्दा चलेपछि उनले कानुन छिद्रबाट उम्कन उच्च अदालत पाटन र सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुवै तहको अदालतले रिट खारेजी गरिदिएपछि कानुनी छिद्र देखाएर फुत्कने प्रयास असफल भएको थियो ।

कुन्जोकले जेलबाट छुट्न २ कात्तिक २०७६ मा सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा ३ कात्तिकमा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले कारण देखाऊ आदेश जारी गर्दै फाइल मगाउने आदेश गरेको थियो ।

त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको थियो भने विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो । तर, कुन्जोक आफैंले दुईवटा पेसीमा सुनुवाइ स्थगित गराए । तेस्रोपटक तोकिएको पेसीमा भने सुुनवाइ भएसँगै कुन्जोकको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको हो ।

१६ भदौ २०६२ मा रसुवा स्याफ्रुमा नेपाली सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २ सय ३८ थान र बाघको १ सय १३ किलो हड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो । तामाङ घटनाका मुख्य अभियुक्त तामाङले नाम परिवर्तन गरेर भारतमा वन्यजन्तु तस्करी गर्दै आएका थिए । रसुवामा सेनाले बरामद गरेको घटना नेपालको इतिहासमै वन्यजन्तु अपराधसँग सम्बन्धित ठूलोमध्येको हो ।

वन्यजन्तु अवैध सिकार तथा पैठारी गर्ने अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएका तामाङ १५ वर्षदेखि फरार थिए । उनी नेपालमा मात्रै होइन । भारतमा समेत वन्यजन्तु तस्करी संलग्न भएसँगैै मुद्दा चलेपछि फरार सूचीमा छन् ।

वन्यजन्तुको ओखेटापखेटा तस्करी मुद्दामा फरार तामाङलाई ११ असार २०७७ मा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो ।

कुन्जोकलाई पक्रन सफल सीआईबी र त्यसका दुई प्रहरी अधिकृतले यस वर्ष राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी)को ‘एसिया इन्भारोमेन्टल इन्फोर्समेन्ट अवार्ड’ पाएका छन् ।राजधनी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …