तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

काठमाण्डौ । नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवं समाजसेवी प्रकाश सिंह कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उहाँको स्वास्थ्यमा समस्या आएपछि स्वाब संकलन गर्दा संक्रमण पुष्टि भएको नेता कार्कीले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

उहाँ अहिले होम आईसुलेसनमा बस्नु भएको छ । स्वास्थ्य अनुकुल भएपछि मात्र अरु कार्यक्रममा सहभागी हुने जनाउनु भएको छ ।उहाँले उच्च मनोबलका साथ लागि परेर कोरोनालाई परास्त गर्न सबै संक्रमितलाई सन्देश मार्फत अपिल गर्नु भएको छ ।

नेता कार्की कोरोना बाट संक्रमित भएपछि देशभरका सयौं नेता तथा कार्यकर्ताहरुले शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन । उहाँ नेपाली कांग्रेसको उद्योग व्यापार विभागको केन्द्रिय सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य हुनुहुन्छ ।

कांग्रेस नेता कार्कीले सबै सजग सतर्क र संयमित रहन आफ्नो सन्देश मार्फत अपिल गर्नु भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …