• शनिवार, जेठ-१,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले कोभिड–१९ को सन्दर्भमा सोमबार देशवासीलाई सम्बोधन गर्दै नागरिकको जीवन रक्षालाई प्राथमिकता दिइएको बताउनुभएको हो । उहाँले मानिसको जीवन र अर्थतन्त्रको रक्षाबीच सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी रहेको सन्दर्भमा जीवन रक्षालाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले ‘जीवन पहिला’ भन्यौँ र त्यहीअनुरूप योजनाहरू बनायौँ । एक वर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले दुविधा रहेन । 

देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो ।” 

सम्बोधनका क्रममा प्रधानमन्त्रीले कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन भएको बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवं प्रभावकारी ढङ्गले कोभिडविरुद्ध काम भइरहेको जानकारी दिनुहुँदै प्रधानमन्त्रीले अहिले सरकारका एक/एक मन्त्रीलाई प्रदेशसँग समन्वय गर्न ‘फोकल व्यक्ति’ तोकिएको उल्लेख गर्नुभयो । 

उहाँले महामारीमा अग्रपङ्क्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक, सफाइकर्मीलगायतका राष्ट्रसेवक कर्मचारीको भूमिका उल्लेखनीय रहेको भन्दै प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “असामान्य घडीमा सङ्क्रमितको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने सबैको त्याग, समर्पण र लगनशीलताको म उच्च प्रशंसा गर्दछु ।

सरकारले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुुरु गरिसकेको छ भन्दै प्रधानमन्त्रीले दक्षिण एसियामै भारतपछि नेपालले खोप लगाउने व्यवस्था मिलाएको स्पष्ट पार्नुभयो । उहाँले हालसम्म करिब २१ लाखलाई पहिलो डोज र तीन लाख ७० हजारलाई दोस्रो डोज खोप लगाइसकेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैँ आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।

सङ्क्रमणको साङ्लो चुँडाउन निषेधाज्ञा जारी गरिएको र यसमा थप कडाइ गरिने पनि उहाँले स्पष्ट पार्नुभयो । सोमबार राति १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान र बिहीबार राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो । 

स्थल मार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ । नेपाली नागरिक प्रवेशका लागि नेपाल–भारत सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी ढुवानीका साधन भने सञ्चालन हुनेछन् । भारतसँग सीमा जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइने र सबै तहमा कन्ट्याक्ट ट्रेसिङ बढाउन लगाइएको छ । यसैगरी प्रधानमन्त्रीले स्थल मार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिको परीक्षण गरिने र सङ्क्रमित पाइए उपचार गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । 

नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शøयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ । वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौँ उपत्यकाका धेरै शøया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालन गरिने जानकारी सम्बोधनका क्रममा प्रधानमन्त्रीले दिनुभयो । 

सबै सरकारी तथा निजी अस्पतालले शøयाको दैनिक विवरण अद्यावधिक गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनुपर्ने र शøया लुकाएको भेटिए कारबाहीसमेत हुने उहाँले बताउनुभयो ।

ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट स्थापना गरिने र सञ्चालनमा नआएका अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइनेछ । 

लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने र देशमा अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।

स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ । 

कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष संलग्न भएर काम गर्नेलाई ५० प्रतिशत जोखिम भत्ताको व्यवस्था गरिने प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ ।

प्रधानमन्त्रीले चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने बताउनुभयो । उहाँले निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहेको स्पष्ट गर्नुभयो । 

महामारी नियन्त्रण भएसँगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिनेसमेत उहाँले बताउनुभयो । महामारीबाट सङ्क्रमित सम्पूर्णलाई प्रधानमन्त्रीले शीघ्र्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । उहाँले माहामारीबाट हालसम्म तीन हजारभन्दा बढीले ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गर्नुभएको छ । 

उहाँले कोभिड–१९ महामारीको दोस्रो लहर थप घातक भएको र सङ्क्रमण र मृत्युदर बढिरहेको बताउनुभयो । आइतबार पीसीआर परीक्षण गरिएका झन्डै ४३ प्रतिशतमा सङ्क्रमण देखिएकोसमेत उहाँले उल्लेख गर्नुभयो । 

उहाँले कुल सङ्क्रमितमध्ये निको भएका ८४.५ प्रतिशत, निको हुने क्रममा १४.५ प्रतिशत र ज्यान गुमाउने ०.९९ प्रतिशत रहेको बताउनुभयो । यसैगरी ३० जिल्लामा दुईभन्दा बढी र १५ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित छन् । कोभिड सङ्क्रमित ७२ जिल्लामा रेकर्ड भएका छन् । 

प्रधानमन्त्री ओलीले एक वर्षमा ८७ स्थानमा पीसीआर परीक्षण हुने व्यवस्था गरेको र सबैजसो अस्पताललाई कोभिडको उपचार गर्नसक्ने स्थितिमा पु¥याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ श-याका आधारभूत अस्पताल निर्माण र केन्द्र तथा प्रदेशमा सङ्क्रामक रोग अस्पताल निर्माणलाई तीव्रता दिइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा …

स्थानीय तहको चार वर्ष : विकास निर्माण महत्त्वपूर्ण उपलब्धि

काठमाडौँ । स्थानीय तहको निर्वाचन भएको शुक्रबार चार वर्ष पूरा भएको छ । यस अवधिमा स्थानीय तहका संस्थागत संरचनाको प्रारम्भिक कामले तीव्रता पाएको छ भने …

मुख्यमन्त्रीको राजीनामापछि गण्डकीमा कसरी बन्ला नयाँ सरकार

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को …

सगरमाथाको शिखर चुम्ने १२ नेपाली आरोही

सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल ९८८४८.८६ मिटर को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा …