तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सोमबार एकैदिन ३७ जनाको मृत्यु भएको छ । योसँगै संक्रमित मृतक संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

सोमबार नै देशभर ७ हजार ४ सय ४८ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ५८ जनाको पीसीआर र ५ सय १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ सक्रिय संक्रमित छन् । २ सय १२ संक्रमित क्वारेन्टाइनमा छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एकै दिन ३ हजार ६ सय ६६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय २२, भक्तपुरमा २ सय २२ र ललितपुरमा ५ सय २२ गरी ३ हजार ६ सय ६६ संक्रमित थपिएका हुन् ।

त्यस्तै, देशभर ७ सयभन्दा बढी संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत ५ सय ७८ आईसीयू र १ सय ४२ जना भेन्टिलेटरमा छन् ।

प्रदेश १ मा ८९ आईसीयू र १६ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र दुई जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ३ सय २० आईसीयू र ८८ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा पाँच जना आईसीयू र एक जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७८ जना आईसीयू र १८ जना भेन्टिलेटर, कर्णालीमा ३२ आईसीयू र सात जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा १० आईसीयू र ४० जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार २१ रहेको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …