तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कर्णाली। कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयानुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवस, साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, भदौ १४ गते श्रीकृष्णजन्माष्टमी र असोज शुक्ल पूर्णिमा कात्तिक ३ गते प्रदेशभर बिदा स्वीकृत गरिएको छ ।

त्यस्तै असोज कृष्ण त्रयोदशीका अवसरमा चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला तथा चैत १२ गते जुम्लामा मात्र धान दिवसको बिदा दिने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री केसीले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …