तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सुनसरी । नेपाल तरुण दल सुनसरीले कोरोना सन्क्रमण रोकथाम तथा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आवश्यक सर्तकता अपनाइ सचेतना अभियान शुरु गरेको छ । 

सोमबारदेखी सुरु गरेको अभियानमा मास्क, ग्लोब्स र सेनिटाईज बितरण साथै कोरोना सन्क्रमणबाट बच्न रोकथाम सम्बन्धि जन चेतना अभियान  सन्चालन गरेको हो । 

नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको नेतृत्वमा जिल्लाका इनरुवा, रामधुनी, धरान, बराहक्षेत्र, दुहवी लगायतका स्थानहरुमा तरुण दलका स्थानीय नेताहरुको सक्रियतामा मास्क, सेनिटाइजर पन्जा बितरण साथै जन चेताना अभियान सुरु गरिएको सभापति गुरुङद्वारा जारी बिज्ञप्तिमा उल्लेख  गरिएको छ ।

नेपाल तरुण दल सुनसरीले कोरोना महामारीबाट थलिएको आफ्नो जिल्लालाई सचेत बनाउदै यस्तो महामारीको अवस्थामा समस्यामा परेका जिल्लावासीलाई २४ घण्टे हेल्प डेस्क सेवा सन्चालन गरी स्वास्थ्य सँग सम्बन्धित सामाग्री तथा खाद्यन्य अभाब भएमा जुनसुकै समयमा पनि संपर्क गरी सेवा लिन आग्रह गरेको छ ।

शुक्रवार आफ्नो निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितलाई उपचार अभाव भएमा त्यसका लागि सहयोग गर्न देशभरका आफ्ना कार्यकर्तालाई समस्यामा परेकाका लागि सहयोग अभियान चलाउन निर्देशन दिएका थिए 

यस्तो छ बिज्ञप्ति

बढ्दो Covid 19 को प्रकोपका कारण देश र नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा परेको प्रभाव, समस्या र पीडा प्रति नेपाल तरुण दल, सुनसरी दुःखी छ । यो अत्यन्तै पीडादयी परिस्थीति र समस्यामा हामी तपाईको स्वस्थ्य र जीवन प्रति संवेदनशील र चिन्तित छौं । 

यसर्थ, आजकै मितिबाट नेपाल तरुण दल सुनसरीले जिल्लाका सबै क्षेत्र, सबै नगर र गाउँमा एकैसाथ निःशुल्क मास्क, ग्लोब्स र सेनिटाईजर बितरण अभियान सुरु गरेको छौं । यसको उद्देश्य तपाईलाई जनचेतना जगाउन र सचेत गराउनका लागि हो । 

तसर्थ, यस अभियानलाई सफल बनाउनका लागि तपाईबाट आवश्यक सहयोग पुराईदिनका लागि हार्दिक विनम्र अनुरोध गदछौं । साथै, यो विषम परिस्थीतिमा अत्यावश्यक काम बाहेक घरबाहिर नजान आग्रह गर्दछु । 

यदि तपाई वा तपाईको परिवारमा स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या देखिए नजिककैको स्वास्थ्व चौंकी वा चिकित्सकसँग सम्पर्क गर्नुहोला । वा, स्वास्थ्य या कुनै पनि किसिमका अत्यावश्यक सहयोग चाहिएको खण्डमा तपाईले म वा नेपाल तरुण दल सुनसरीलाई जुनसुकै समयमा पनि मोबाईल सम्पर्क गरि सहयोग लिन सक्नुहुनेछ । 

जनताका निम्ति समर्पित यो जीवनमा यस्तो भयवह परिस्थीतिमा जनता पीडा र दुखमा रहेकोले बिना कुनै राजनीतिक स्वर्थ र फाईदाका यो सहयोग गरिएको समेत स्पष्ट पार्न चाहान्छु । यो बेला हाम्रौं ध्यान मात्र मानव रक्षा र समवेद्नामा छ । कृपर्या तपाई सर्तक र सचेत रहनुहोला । धन्यवाद ।

जय नेपाल, जय तरुण ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …