तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

दिनेश अर्याल

काठमाडौँ ।देशमा नयाँ राजनीतिक अभ्यासको सुरु भएसँगै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले विश्वासको मत लिने बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री ओलीको निर्णय पछि नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख २७ गते अपराह्न १ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकिएको छ ।

उनले किन विश्वासको मत लिन खोजे तथा उनले विश्वासको मत लिन सक्लान कि नसक्लान भन्ने विषयले यतिबेला सबैको ध्यानाकर्षण गराएको छ ।

सरकारभन्दा बाहिर रहेका राजनीतिक दलहरुले सरकारप्रति असन्तुष्ट भए पनि हालसम्म कसैले पनि अविश्वासको प्रस्ताव दर्ता गर्न प्रयास गरेका छैनन् । त्यस्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने या नगर्ने भन्ने विषयमा अहिलेसम्म ठोस निर्णय गर्न सकेको छैन ।

वर्तमान सरकारलाई हटाएर नयाँ सरकार निर्माण गर्नको लागि माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेपालि कांग्रेसले पहिल्यैदेखि जसपाको मुख ताक्दै बसिरहेका छन् । जसपाले निर्णय गरेदेखि नयाँ सरकार छिट्टै बन्छ भन्ने आंकलन रहेको छ माओवादी र नेपालि कांग्रेसको ।

प्रधानमन्त्रीले किन रोजे विश्वासको मतको बाटो  ?

हिजो बालुवाटारमा मन्त्रीपरिषदको बैठक भएको थियो । बैठकमा सहभागी एक मन्त्रीले प्रधानमन्त्रीले अन्यौल हटाउनको लागि विश्वासको मत लिन खोज्नुभएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन राष्ट्रपतिले आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

के छ अंकगणित ?

प्रतिनिधिसभाको २७१ संसद मध्ये नेकपा एमालेसंग अहिले जम्मा १२१ सांसद छन् । नेपालि कांग्रेसका ६१, माओवादी केन्द्रसँग  ४९ , जनता समाजवादी पार्टीसँग  ३२ , राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रसँग  एक-एक सांसद रहेका  छन् ।

विश्वासको मत प्राप्त गर्नको लागि प्रधानमन्त्री ओलीलाई १३६ मतको आवश्यक पर्छ ।

अहिले उनलाई १३६ मत पाउन कठिन छ । किनभने अहिले एमाले पनि विभाजनको अवस्थामा पुगेको छ । एमालेको माधव पक्षले ओलीलाई सहयोग नगर्ने सम्भावना उत्तिकै रहको छ ।

एमालेको माधव पक्षका नेताहरुलाई ओलीले कारवाही गर्ने चेतावनी दिएका छन् । यदि उनले कारवाही गरे भने उनले विश्वासको मत पाउने सम्भावना झन् कम हुन्छ ।अहिले जसपा पनि दुई धारमा छ जसपाको एक पक्ष प्रधानमन्त्रीलाई समर्थन गर्ने संकेत गरेको छ भने जसपाको अर्को पक्ष प्रधानमन्त्री ओलीको विरोधमा रहेको छ ।

एमालेको माधव पक्षले घात गरेन भने १२१ मत भएको ओलीलाई १३६ पुर्याउनको लागि थप १५ मत आवश्यक छ ।  प्रधानमन्त्री ओलीले विश्वासको मत पाउलान या नपाउलान भन्ने कुरा जसपामा भर पर्ने देखिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …