• शनिवार, जेठ-१,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोराना (कोभिड–१९) महामारीका कारण बाँके जिल्लाको परिस्थिति भयावह हुन नदिन निर्देशन दिनुभएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतबार टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले बाँकेका नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिन बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताउनुभयो । कुनै गम्भीर विषय भएमा सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सीधै सम्पर्क गर्न उहाँले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले जिल्लामा कोभिड–१९ को अवस्था तथा वस्तुस्थितिबारे जानकारी गराउँदै कोभिड–१९ का बिरामीको चाप अस्पतालहरूमा बढिरहेको, अस्पतालमा शøयाको अभाव भएको, सम्बन्धित चिकित्सकहरूको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड–१९ अस्पतालका रूपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराउनुभएको थियो । उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सीसीएमसीका तर्फबाट सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ ।

उपप्रधानमन्त्री पोखरेलले कोभिड–१९ का बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्नसमेत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको थियो । उहाँले नेपाल–भारत सीमा नाकामा ‘होल्डिङ सेन्टर’को व्यवस्थापनका विषयमा समेत प्रजिअ गेलालसँग जानकारी लिनुभएको थियो । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा …

स्थानीय तहको चार वर्ष : विकास निर्माण महत्त्वपूर्ण उपलब्धि

काठमाडौँ । स्थानीय तहको निर्वाचन भएको शुक्रबार चार वर्ष पूरा भएको छ । यस अवधिमा स्थानीय तहका संस्थागत संरचनाको प्रारम्भिक कामले तीव्रता पाएको छ भने …

मुख्यमन्त्रीको राजीनामापछि गण्डकीमा कसरी बन्ला नयाँ सरकार

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को …

सगरमाथाको शिखर चुम्ने १२ नेपाली आरोही

सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल ९८८४८.८६ मिटर को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा …