तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितलाई उपचार अभाव भएमा त्यसका लागि सहयोग गर्न देशभरका आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन ।

शुक्रवार आफ्नो निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सीमा नाकामा अनिवार्य परीक्षण गर्न तथा त्यसको नतिजा नआउँदासम्म नागरिकलाई होल्डिङ सेन्टरमा राख्न उनले सरकारसँग माग गरे । 

भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पीसीआर परीक्षण गर्न सरकारलाई सुझाव दिएका छन् ।

परीक्षणका क्रममा कोरोना संक्रमित भएका नागरिकलाई स्थानीय तहसँग समन्वय गरी आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन सभापति देउवाले सरकारलाई सुझाव दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर नभएको सभापति देउवाले आरोप लगाए ।काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा सर्वसाधारण गाउँ फर्किएकाले कोरोना थप फैलिने खतरा बढेको सभापति देउवाले बताए । 

संक्रमित भएका गाउँमा परीक्षण नै नगरी गएका कारण थप भयावह आउनेप्रति उनले सचेत गराए ।निषेधाज्ञाको अवधिमा सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक काम गर्न सभापति देउवाले सरकारलाई सुझाव दिए । 

वर्तमान सरकारको ध्यान उद्घाटन, भीडभाड र तडकभडकमा बढी केन्द्रित भएको आरोप लगाउँदै उनले संक्रमण रोक्न सरकारले कुनै ठोस काम गर्न नसक्दा निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।सभापति देउवाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई जोखिममा काम गरेको भत्ताको सुनिश्चिता गर्न सरकारसँग माग गरे । 

उनले सरकारी तथा निजी क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्न आग्रह गरे ।कोरोना विरुद्धको खोप आपूर्तिको सुनिश्चितता गर्नुपर्ने, विदेश जानेका हकमा पीसीआर परीक्षण गर्ने स्वास्थ्य संस्था बढीभन्दा बढी तोक्नुपर्ने उनको भनाइ छ । सभापति देउवाले कोरोना महामारीबाट प्रभावित भएका सबैलाई आवश्यक राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

व्यवसायीका लागि राहत तथा सहयोगको प्याकेज ल्याउन उनले सरकारसँग माग गरे ।सभापति देउवाले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोना विरुद्धको सचेतना अभियानमा खटाउन निर्देशन दिए । अहिलेको महामारीको मिलेर सामना गर्न पार्टी पंक्ति सबैलाई उनले आग्रह गरे ।

अमेरिकाले खोप सहयोग गर्न लागेकामा त्यसको स्वागत गर्दै सभापति देउवाले भारत र चीनले खोप उपलब्ध गराएकामा धन्यवाद दिए । मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र बलियो बनाउन सभापति देउवाले माग गरे । समस्यामा परेकाका लागि सहयोग अभियान चलाउन उनले निर्देशन दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …