तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । आइतबार पनि उच्च अङ्कले नै ओर्लेको नेप्से परिसूचक ६५.५८ विन्दुले घटेर दुई हजार ५०६.६१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२५ विन्दुले घटेर ४५२.७९ मा झरेको छ । कूल २२० कम्पनीको एक करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर रु छ अर्ब ५९ करोड नौ लाख २८ हजार २०२ मूल्यमा खरीद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरणमा समेत गिरावट भई रु ३४ खर्ब ७० अर्ब ९२ करोड दुई लाख ७० हजारमा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ४०.७३, व्यापार १२७.३५, होटेल तथा पर्यटन ७१.४३, जलविद्युत् ९९.४४, वित्त २७.७७, निर्जीवन बीमा ३८४.५३, उत्पादन ९५.५५, अन्य ५४.०४, लघुवित्त ११२.३४, जीवन बीमा ३५९.१८, सामूहिक लगानी कोष ०.११ र लगानी २.७५ विन्दुले घटेको छ ।

कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ७४ लाख ५९ हजार ९३३ बराबरको कारोबार भयो ।

यस्तै, नेपाल पूर्वाधार बैंक रु २५ करोड २९ लाख ८१ हजार ७४०, नेपाल पुनर्बीमा कम्पनी रु २० करोड २४ लाख २१ हजार ६२३, नबिल बैंक रु १९ करोड ५३ लाख ३५ हजार २९०, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु १७ करोड ७४ लाख ८० हजार ७९३, नागरिक लगानी कोष रु १६ करोड ९५ लाख ८९ हजार ९४०, एनआइसी एसिया बैंक रु १६ करोड ३२ लाख ३५ हजार २९७, प्रभु बैंक रु १५ करोड १२ लाख १४ हजार ७५६ र एचआइडिसिएलको रु १५ करोड पाँच लाख १६ हजार ८३४ बराबरको भई शीर्ष स्थानमा रहे ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …