तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नेपालि  नायिका केकी अधिकारीले कोरोनाभाइरसको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि आफूलाई आइसोलेट गरेर राखेको बताएकी छिन ।  उनको पहिलोपटक कोरोना परिक्षण गर्दा पोजिटिभ आएको थियो तर दोस्रो पटक परिक्षण गर्दा नेगेटिभ आएको थियो ।

‘केही दिन अघिको हावापानी वर्षापछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परीक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाहअनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परीक्षण गराउँदा नतिजा नेगेटिभ देखियो।  नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु।’

‘यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेज को प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनुहुने बिश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहन्छु। हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरु सबैको सुस्वास्थ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाई पनि जोगाउनुहोस्।’ उनले सामाजिक संजालमा लेखेकी छिन ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …