तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया“ धरहराको २२ तलामाथि गजुर राखिएको छ । १२ वैशाख २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहराको गजुर मर्मत गरी सुनको जलपसहित बुधबार टुप्पोमा राखिएको हो ।

गजुरसँगै धरहराको २२औं तलामा पुरानै शिवलिंग विशेष पूजा गरेर स्थापना गरिएको छ । पुनर्निर्माण कार्य जारी नयाँ धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी ११ वैशाखमा उद्घाटन हुँदै छ ।

भत्किएको धरहरा संरचना करिब तयार भए पनि पार्किङ र बगैंचातर्फको काम भने सकिएको छैन ।

भूकम्प गएको दिनभन्दा एक दिनअघि ११ वैशाखमा धरहरा उद्घाटन गरिए पनि सर्वसाधारणले चढ्न भने अझै लामै समय कुर्नुपर्नेछ । कोरोना तथा लकडाउनलगायत कारण धरहरा निर्माण सम्पन्न हुने समय आगामी २५ डिसेम्बरसम्म थप गरिएको छ । त्यो समयभित्र निर्माण सम्पन्न हुने हो भने पनि सबै दृश्य अवलोकन गर्न सर्वसाधारणले अझै आठ महिना प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।

प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले धरहरा उद्घाटन गरेर पुनर्निर्माण सन्देश दिन लागिएको बताएका छन् । प्राधिकरणले ८ लाख निजी घर, सयौं विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी भवन पुनर्निर्माण सम्पन्न गर्दा धरहरा उद्घाटन नगर्दा पुनर्निर्माणले गति लिएको सन्देश नगएकाले उद्घाटन गर्न लागिएको बताउँछन् ।

इन्जिनियर मानन्धरले भूकम्पले भत्किएको भाग पुनर्निर्माण सम्पन्न भइसकेको र पछि थपिएका संरचना मात्र निर्माण कार्य बाँकी रहेकाले उद्घाटन गर्न लागिएको राजधानीसँग बताए ।

सरकारले धरहरा पुनर्निर्माणअन्तर्गत हुलाक कार्यालयसम्मको जग्गामा पार्किङ, बगैंचालगायत संरचनना गरेर पुनर्निर्माण गरिरहेको छ । भत्किएको धरहरा संरचना करिब तयार भए पनि पार्किङ र बगैंचातर्फको काम भने सकिएको छैन ।

धरहरावरपरको २९ रोपनीमा विस्तारित रूपमा सुन्धारा समेटेर पार्क बनाउने सरकारी योजनाअनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का लिएर धरहरा पुनर्निर्माण गरिरहेको छ । कम्पनीले १४ असोज २०७५ मा निर्माण ठेक्का पाएको थियो ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायत सुविधा हुनेछन् ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्काएपछि नौ तलामा सीमित थियो ।राजधानी  दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …