तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको गतिलाई जनताका अपेक्षासँग समानान्तर रूपले अगाडि बढाउनु नै मुलुकको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै ऐतिहासिक राजनीतिक परिवर्तनपश्चात् भौतिक पूर्वाधार एवं मानव संसाधनको विकासले सामाजिक र आर्थिक प्रगतितर्फ मुलुक अग्रसर बनेको उल्लेख गर्नुभएको छ ।

उहाँले विगतको समीक्षा र आगतको आकाङ्क्षा मुखरित गर्ने अवसरका रूपमा समेत नयाँ वर्षलाई लिइने चर्चा गर्नुहुँदै राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले २०७७ उपलब्धिपूर्ण वर्ष रहेको बताउनुभएको छ ।

उहाँले नेपालको नयाँ राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि नेपालको संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलबीच एकता कायम हुनुलाई राजनीतिक उपलब्धि भएको सन्देशमा व्यक्त गर्नुभएको छ । उहाँले कोभिड–१९ सङ्क्रमणको जोखिम बढिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै दैनिक व्यावहारिक जीवन जारी राख्न सम्पूर्ण देशवासीमा आह्वान गर्नुभएको छ ।

यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिँदै २०७७ साल प्राणघातक कोरोना भाइरसबाट आक्रान्त भएकाले नयाँ वर्षले यसबाट विजयी प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भएको छ । गोरखापत्र दैनिकबाट

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …