तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ, चैत ३० गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भाइको निधनबाट आफूलाई एक्लो महसुस गरेको बताउनु भएको छ ।  पारिवारिक शोकमा परेका नेता पौडेल उहाँको माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर आज चितवनको रत्ननगरस्थित आफ्नै निवासमा निधन भएको हो ।  

व्यास नगरपालिकाको २९ औ पदस्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथि रहनुभएका वरिष्ठ नेता पौडेल भाइको निधनको खबर पाएलगत्तै चितवन जानु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत भाइको निधनले आपूm एक्लो भएको उल्लेख गर्नुभएको छ ।

नाताले भाइ भए पनि मेरो साथी जस्तै गरी सबै कुरामा साथ सहयोग पाउँदै आएको थिए । राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गर्दै आएका भाइको निधनबाट मैले आफूलाई एक्लो महसुस गरेको छु,नेता पौडेलले शोक सन्देशमा उल्लेख गर्नुभएको छ ।

पौडेलको निधनप्रति नेपाली कांग्रेस तनहुँले दुःख व्यक्त गरेको छ । पार्टीका जिल्ला सभापति बैकुष्ठ न्यौपानेले असल अभिभावक गुमाउनुपर्दा पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । 

स्व पौडेलका श्रीमती बन्दना, छोरा अनिल तथा छोरीद्वय शान्ता हुमागार्इं र कान्ता हुमागाईं हुनुुहुन्छ ।    

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …