तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

दिनेश अर्याल

देशले नयाँ राजनीतिक निकाश खोजिरहेको छ तर पाउन सकेको छैन ।   नेपालि कांग्रेसले केहि नेताहरुले देशले निकाश पाउनको लागि ओली सरकारको वहिर्गमन आवश्यक रहेको बताउंदै आएका छन् ।

तर नयाँ सरकार बनाउने भन्ने विषयमा कांग्रेस अझै पनि स्पष्ट हुन् सकेको छैन ।

कांग्रेसले सरकारलाई निकाश दिनको लागी आन्तरिक रुपमा गृहकार्य गरिरहेको  नेपालि कांग्रेसकी सांसद डिला सङ्ग्रौलाले आगमनखबर संगको कुराकानीमा बताईन ।

प्रस्तुत छ प्रतिनिधिसभा सदस्य डा. डिला  सङ्ग्रौलासंग आगमनखबरकर्मी दिनेश अर्यालले गरेको कुराकानीको सम्पादित अंश :

देशको राजनीतिक अवस्थालाई एउटा सांसदको  हिसाबले कसरि नियाल्नुभएको छ ?

देश राजनीतिक दुर्घटनाउन्मुख अवस्थामा रहेको छ । अहिले देशले एउटा निकाश खोजिरहेको छ । तर पाउन सकेको छैन ।  वर्तमान ओली सरकारको बहिर्गमन आवश्यक छ भन्ने अनुभव भईरहेको छ । ओली सरकार टिक्ने बेलासम्म देशले निकाश पाउंदैन भन्ने हाम्रो साझा धारणा बनेको छ ।

नयाँ सरकार गठबन्धनको विषयमा प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसको स्पष्ट धारणा के हो ?

हामि सिधै सरकारमा जानको लागि हामि संग पर्याप्त सिट संख्या छैन । जनताले हामीलाई ५ वर्षको लागि प्रतिपक्षीमा बस्न भनेर पठाएका हुन् । सरकार निर्माणको विषयमा नेपालि कांग्रेसले जनता समाजवादी पार्टी ( जसपा ) र नेकपा माओवादी केन्द्र संग छलफल गरिरहेको छ । परिआएको खण्डमा नेपालि कांग्रेसले देशलाई निकाश दिनको लागि जस्तोसुकै काम गर्न पनि तयार रहेको छ ।

कांग्रेसभित्र पनि दुई गुटबीच मतभेद भएको छ , वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीलाई तत्काल हटाईहालौं भन्नुभएको छ, तर सभापति देउवा अझै ‘वेट’ को रणनीतिमा हुनुहुन्छ नि ?

कांग्रेस सभापतिले केन्द्रीय कमिटीमा भएको निर्णयलाई लिएर अन्य दलसंग वार्ता गर्ने हो । बाहिर सतहमा प्रस्तुत गरिएका विचारधाराले खासै केहि अर्थ राख्दैन, केन्द्रीय समितिको बैठक नै आधिकारिक हुन्छ । कांग्रेसले ओली सरकारको बहिर्गमन नै चाहेको छ । मतभेद छैन, यो गलत व्याख्या हो ।

देउवा निष्क्रीय भए, सरकार बनाउनको लागि जति अग्रसरता देखाउन पर्ने हो त्यो देखाएनन भन्ने आरोप पनि जीवित छ नि ?

कांग्रेसले चासो नै नराखेको भन्ने पनि होईन । हामीले चाहँदैमा सरकार बनिहाल्ने पनि होईन । हामि जाँदैमा निकाश आईहाल्ने पनि होईन । हामीले कांग्रेसको धारणा सार्वजनिक गरिसकेका छौं ।

प्रधानमन्त्रीलाई बहिर्गमन गर्यो भने निकाश दिन सजिलो हुन्छ भनेर मैले अघि भनिसके । कांग्रेसले अग्रसरता देखाईरहेको छ । चासो नै नदिएको भन्न मिल्दैन ।

संसद पुनर्स्थापना गर्नको लागि जसरी केहि शक्तिहरु लागिपरेका थिए, तिनै शक्तिहरु अहिले एक भएर अगाडी बढेमा सरकार बन्न सक्छ ।

कांग्रेस नयाँ सरकार बनाउने चाहना भन्दा  भन्दा पनि ‘अर्ली इलेक्सन’ जान चाहेको हल्ला छ त ?

खासमा यो विषयमा केन्द्रीय कमिटीमा कुनै पनि किसिमको छलफल भएको छैन । केहि व्यक्तिहरुको धारणा फरक फरक होला त्यो अलग कुरा हो । संस्थागत कुरालाई हामीले प्राथमिकता दिन सक्नुपर्छ ।

कांग्रेसको आगामी महाधिवेशनमा कुन पदमा उठ्ने निर्णय गर्नुभएको छ ?

यो महाधिवेशनमा महिलाको प्रतिनिधित्व मात्र नभएर नेतृत्व गर्ने भन्ने मेरो एजेन्डा रहेको छ । आगामी महाधिवेशनमा मा पदाधिकारिमा उठ्ने निर्णय गरेकी छु ।

तपाईं सरकारको छायाँ श्रममन्त्री पनि हुनुहुन्छ । सरकारले गरेको कामलाई कसरि हेर्नुभएको छ ?

अहिलेको श्रममन्त्री संग मेरो संवाद भईरहेकै छ । देशमा रोजगारी नभएर धेरै युवाहरु विदेशिनुपरेको अवस्था त छदैं छ , देशमा कसरी रोजगारी सिर्जना गर्ने भन्ने विषयमा छलफल भईरहेकै छ ।

देश थप राजनीतिक दुर्घटनाबाट बचाउनको लागि के गर्नुपर्ला , तपाईको सुझाव के छ ?

आज नेपालको राजनीतिक पार्टीहरु खण्डिकरणको अवस्थामा रहेका छन् । देशको राजनीतिक दलहरु आफ्नो व्यक्तिगत पार्टीको स्वार्थलाई नहेरिकन काम गर्यो भने राजनीतिक निकाश आउन सक्छ । ओली सरकारको वहिर्गमन तत्काल  आवश्यक छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …