तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

डोटी । पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो । वडा नं १ खिरसैनमा ९४३, वडा नं २ बगलेकमा ९१४, वडा नं ३ गैरागाउँमा ९६८, वडा नं ४ सानागाउँमा ९९६, वडा नं ५ काडमाडौँमा एक हजार ४९२, वडा नंं ६ गाँजरीमा एक हजार ७२ र वडा नं ७ पोखरीमा एक हजार २६३ गरी कूल सात हजार ६४८ ले राष्ट्रिय परिचयका लागि नाम दर्ता गरेको गाउँपालिका सूचना अधिकारी हरिभक्त साउँदले जानकारी दिनुभयो ।

सबैभन्दा बढी वडा नं ५ काठमाडौँमा एक हजार ४९२ र सबैभन्दा कम वडा नं २ बगलेकमा ९१४ ले नाम दर्ता गराएका छन् । यो अभियानमा १६ दर्ता अपरेटर, सात वडा सचिव र १२ जना फाराम भर्ने सहायक कर्मचारीको संलग्न रहेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …