तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली कांग्रेस नेता एवं पुर्व मन्त्री स्व. नविन्द्रराज जोशीको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाली जनसम्पर्क समिति मलेसियाले श्रद्धाञ्जलीसभा गरेको छ ।

श्रद्धाञ्जलीसभा आइतबार मलेसिया स्थित नेपाली जनसम्पर्क समितिको कार्यलयमा समितिका उपसभापति कमल प्रसाद गौतमको सभापतित्वमा भएको उक्त सभाको कार्यक्रमलाई नेपाली जनसम्पर्क समिति मलेसियाका कोषाध्यक्ष हरि कोइरालाले सञ्चालन गरेका थिए ।

सभालाई नेपाली जनसम्पर्क समिति उपसभापति कमल प्रसाद गौतम, नेपाली जनसम्पर्क समन्वय बिभागका केन्द्रीय सदस्य सन्तोष रिजालले सभालाई सम्बोधन गर्दै नेता जोशीको योगदान लाई स्मरण गर्दै नेपाली कांग्रेसले एउटा असल वैचारिक नेता गुमाएको भन्दै दु:ख व्यक्त गरेका छन ।

श्रद्धाञ्जली सभामा सहभागी नेता तथा कर्याकर्ताहरुले आ- आफ्नो धारणा ब्यक्त गरेका छन । नेपाली कांग्रेस केन्द्रीय समितिको १४ औं महाधिवेशनलाई केन्द्रित गर्दै आशन नेपाली जनसम्पर्क समितिको अधिवेशनमा जुट्न नेपाली कांग्रेस आवद नेपाली श्रमिकहरुलाई आवद हुन नेपाली जनसम्पर्क समन्वय बिभागका केन्द्रीय सदस्य सन्तोष रिजालले सबैमा आह्वान समेत गरेका छन ।

श्रद्धाञ्जली सभामा एक मिनेट मौनधारण गरी कार्यक्रमको सुरु गरिएको थियो नेपाली जनसम्पर्क समितिका कोषाध्यक्ष हरि कोईरालाले समय निर्धारण गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …