तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

ईटहरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले कम्युनिस्ट सरकारले जनता माथी विस्वासघात गरेको आरोप लगाउनु भएको छ।

नेपाली कांग्रेस १ नम्बर प्रदेश सम्पर्क समितिद्वारा (झापा,मोरङ,सुनसरी र सोलुखुम्बु) आयोजित नया वर्षको शुभकामना आदन प्रदान तथा वृहत दोश्रो भेलालाई प्रमुख अथितीको आसन बाट सम्बोधन गर्दै नेता केसीले त्यस्तो बताउनु भएको हो। उहाँले देशको यो अवस्थाको जिम्मेवारी देशका लागि राष्ट्रघाती प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने प्रष्ट पार्नु भयो।नेता केसीले जनताले कम्युनिस्टलाई नेपाल बाट सधैका लागि पत्तासाफ गरि छाडने ठोकुवा गर्नु भयो।

उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा यही १ नम्बर प्रदेशमा नै पर्ने भएकाले यस प्रदेशको नाम सगरमाथा राख्नु पर्ने स्पष्ट पार्नु भयो। किन ढिला कसरी ढिला नामङकण गर्न भन्दै नेता केसीले सरकारलाई प्रश्न गर्नुभयो। नैतिकता नगुमाउन समेत सरकारलाई सुझाव दिएको नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य वेदप्रसाद वनले जानकारी दिनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार वस्नेतले कांग्रेसले देशलाई शान्ति र निकास दिएको प्रष्ट पार्नुभयो । यस्तै कार्यक्रमलाई नेपाली कांग्रेस सोलुखुम्बुका महासमिति सदस्यहरु खिलराज बस्नेत, भोजराज कार्की, शम्भुहरी बास्तोला नेपाली कांग्रेस सोलुखुम्बुका सचिव धनजन राई नेपाली कांग्रेस सोलुखुम्बुका पुर्व सभापति छत्रध्वज बस्नेत नेपाल महिला संघका पुर्व केन्द्रिय सदस्य एवं नेपाली कांग्रेस सोलुखुम्बुका नेत्री रिणा उप्रेती केसी नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङछिरिङ शेर्पा शुभराम बस्नेत, नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा नेपाली कांग्रेस सोलुखुम्बुका प्रवक्ता सन्तोष कटेल प्रचार विभाग प्रमुख नवीन थापा नेपाली कांग्रेस सोलु-काठमाण्डौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत नेपाली कांग्रेस सोलुखुम्बुका पुर्व सचीव दत सिङ कार्की र चन्द्र आचार्य ईटहरी नगर सभापति खिम कर्ण पौडेल सचीव प्रकाश बस्नेत धनकुटाका पुर्व सभापति आनन्द सन्तोषी राई महासमिति सदस्य एकमणी धिमाल लगाएतले कार्यक्रमलाई सम्बोधन गरेको कार्यक्रम सञ्चालक एव भर्खरै मात्र निर्वाचित नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले जानकारी दिनुभयो ।

कार्यक्रम नेपाली कांग्रेस १ नम्बर प्रदेश सम्पर्क समितिका सभापति चुडामणि कोइरालाको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीको प्रमुख आथित्यतामा सम्पन्न भएको केन्द्रिय सदस्य वनले जानकारी गराउनु भएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …