तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक क्रियाकलापमा केही कमी देखिए पनि गम्भीर प्रकृतिका घटनामा बढोत्तरी भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार तथ्याङ्क विष्लेषण गर्दा कर्तव्य ज्यान, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्यालगायत गम्भीर प्रकृतिका घटना सङ्ख्या बढेको छ । कुँवरले समग्रमा दर्ता भएका घटना हेर्दा गत आर्थिक वर्षको आठ महीनाको विवरणभन्दा यसपटक १६ दशमलव १६ प्रतिशतले कमि आएको जानकारी दिनुभयो । सो अवधिमा चोरी, बैंकिङ कसुर, ठगी जस्ता आर्थिक अपराधका घटना कम छ ।

चालू आवको फागुनसम्म मुलुकभरका प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका आपराधिक घटना २६ हजार ३०६ घटना दर्ता भएको छ । तथ्याङ्क हेर्दा प्रतिदिन झण्डै ११० वटा घटना भएको देखिन्छ । यो गत वर्षको तुलनामा १६ दशमलव १६ प्रतिशतले कमी हो । आठ महीनामा गत वर्षभन्दा २१ दशमलव १३ प्रतिशतले वृद्धि भई कर्तव्य ज्यानसम्बन्धी मुद्दाका ४४७ घटना दर्ता भएको प्रहरीले जनाएको छ । सो अवधिमा चार हजार ४८३ आत्महत्याका घटना भएका छन् । आव २०७६-७७ को सोही अवधिमा आत्महत्याको तीन हजार ५३४ घटना दर्ता भएका थिए । तुलनात्मकरूपमा चालू आर्थिक वर्षमा आत्महत्यासम्बन्धी घटना २६ दशमलव ८५ प्रतिशतले वृद्धि भएको र दैनिक औसत १७ जनाले आत्महत्या गरेको पाइएको कुँवरले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षभन्दा १५ दशमलव ६७ प्रतिशतले वृद्धि भई जबर्जस्ती करणीका एक हजार ६५३ घटना दर्ता भएको प्रहरीले जनाएको छ । तथ्याङ्क विष्लेषण गर्दा प्रतिदिन औसत सात वटा जबर्जस्ती करणीका घटना भएको पाइएको छ । प्रहरीले माघ, फागुनमा त्यस्ता घटना बढेको जानकारी दिएको छ । जबर्जस्ती करणीका घटना प्रायजसो नजिककै चिनजानका व्यक्ति संलग्न हुने गरेको पाइएको कुँवरले बताउनुभयो ।

कूल एक हजार ६५३ मुद्दाका एक हजार ८५५ जना प्रतिवादीमध्ये ११ दशमलव २१ प्रतिशत प्रतिवादी हाडनाता सम्बन्धका रहेका छन् । समग्रमा ८१ दशमलव ५६ प्रतिशत प्रतिवादी नजिकका सम्बन्ध र चिनजानका व्यक्ति छन् । आव २०७६-७७ को फागुन मसान्तसम्म जबर्जस्ती करणी उद्योगमा ४६८ घटना दर्ता भएको र चालू आर्थिक वर्षको सोही अवधिमा ५०९ घटना दर्ता भएको जनाइएको छ ।

पछिल्लो आठ महीनामा चोरीका कूल एक हजार ५६९ वटा घटना दर्ता भएको छ । गत वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ८२ प्रतिशत कम रहेको छ । यस्तै बैंकिङ कसुरसम्बन्धी अपराधमा यसपाली कम देखिएको छ । गत वर्षको फागुनसम्म बैंकिङ कसुरका दुई हजार ८२८ मुद्दा दर्ता भएकामा यो वर्षको सोही अवधिमा एक हजार ६८८ मुद्दा आएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …