तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

दिनेश अर्याल

देशको राजनीति हलचल अवस्थामा छ । देशले नयाँ नेतृत्व खोजेको छ तर पाउन सकेको छैन । नयाँ सरकार गठनको विषयमा राजनीतिक दलहरु छलफलमा पुगे पनि अहिलेसम्म कोहि पनि ठोस अवस्थामा पुग्न नसकेको अवस्था रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडान राखिरहेको छ ।

कांग्रेसका केहि नेताहरुले अर्ली इलेक्सनमा गए फाईदा हुने तर्क पनि दिंदै आएका छन्

कांग्रेस सरकार बनाउने विषयमा अझै पर्ख र हेर को रणनीतिमा रहेको छ सरकार फेरबदलको  कुरामा  कांग्रेसले माओवादी केन्द्र र जसपालाई हेरिरहेको छ

त्यस्तै कांग्रेस भित्रै पनि दुई गुटको सिर्जना हुन् लागेको छ । सभापति देउवा र रामचन्द्र पौडेलबीच मतभेद देखिएको छ । सरकारमा नजाने र अविश्वासको प्रस्ताव पेश नगर्ने भन्ने पक्षमा देउवा उभिएका छन् भने त्यसको अपोजिटमा पौडेल रहेका छन् ।

यसै विषयमा नेपालि कांग्रेसका नेता रामहरी खतिवडा संग आगमनखबरका तर्फबाट दिनेश अर्यालले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

पछिल्लो समय देशको राजनीति निकै हलचल भएको छ, देशमा के भएको हो ? देश  राजनीतिक दुर्घटनामा पुगिसकेको हो ?

पछिल्लो समय देशको राजनीतिक अवस्था एकदमै नाजुक छ, दुर्घटनाउन्मुख देखिएको छ ।देशमा संविधान, नियम कानुन मिचेर देश चलाउने परम्पराको सुरुवात भएको छ । त्यसको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओली आफैले गरिरहेका छन् । देशमा लगानीको वातावरण सिर्जना भएको थियो, देशलाई स्थिरतातर्फ लैजानुपर्ने अवस्था थियो, देशमा रोजगारी सिर्जना गर्नुपर्ने अवस्था थियो । देशले एक फड्को मार्ने अवस्थालाई बेवास्ता गरेर अराजनीतिक तत्वहरुले देहमा हालीमुहाली गरेको हुनाले आज देशमा यो अवस्था सिर्जना भएको छ । केपी ओलीले तानाशाही प्रवृत्ति देखाएर, देश एकदमै चरम संकटमा पुगेको प्रष्ट छ ।

सरकारको नेतृत्व गर्ने सन्दर्भमा कांग्रेस तटस्थ बनेको र कांग्रेसले चासो नदिंदा देशको राजनीतक आकार साँघुरिएको भन्ने छ नि ?

अहिले संख्याको राजनीतिको समय छ, माओवादीले राजनीतिको एक पार्ट बनेर बसिरहेको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्दैन तर बाहिर बाहिर कुर्लिदै हिंडिरहेको छ । माधव नेपालहरु गुटको भेला गर्दै हिंडेका छन्, पाटीभित्र हो कि बाहिर बसेको थाहा छैन । मधेशवादी दलहरु पनि केहि निश्चित छैन । लकडाउनको बेलामा केपी ओलीले मान्छेलाई जबर्जस्ति आफ्नो पार्टीमा ल्याउने अनि पार्टी फुटाउने प्रक्रियामा लागेका थिए । अब कम्फ़रटेबल मेजरिटि नभईकन सरकार बनाउनेतर्फ लाग्यौं भने भोलि त्यसको फाईदा नेपालि कांग्रेसलाई नभैकन केपी ओलिलाई नै हुन्छ । हामि सबै दलसंग छलफल गरेर निर्णय गर्ने अवस्थामा पुगेर मात्रै ढिला भएको हो । हामि केपी ओलीको पक्षमा र सरकारको पक्षमा कहिल्यै हुँदैनौ , स्थिरता र मुलुकको पक्षमा हुन्छौं ।  

नयाँ सरकार गठनमा कांग्रेसले कस्तो गृहकार्य गरिरहेको छ ? तपाईहरुको छलफलमा केके भएको छ ? रणनीति के छ कांग्रेसको ?

देशमा तत्काल नयाँ सरकार गठन हुने अवस्था देखिएको छैन । हामि सबै दलहरुलाई समेटेर अगाडी बढ्ने प्रक्रियामा छौं । हामि कानुन, संविधान उल्लङ्घन गर्नेको विरोध गर्छौं । हिजो मात्र फेरी दलबाट हटाईएका नेताहरुलाई फेरी मन्त्रीको सपथ गराईएको छ । हाम्रो यसमा ठुलो आपत्ति रहेको छ ।

प्रधानमन्त्रीले विधिविधान मिचेर कहिले संविधानको खिल्ली उडाउने, कहिले नियम कानुनको त कहिले  हामि कानुन, कानुनि राज्यको खिल्ली उडाउने काम गरिरहनुभएको छ । हाम्रो यसमा ठुलो आपत्ति रहेको छ । कांग्रेसले सबै दल संग  मिलेर मात्र मात्र सरकार बनाउने काममा अगाडी बढ्नेछ ।

सरकार बनाउने भन्ने विषयमा कांग्रेसले बोलाएको बैठकमा के भयो ?

सरकार कसरि बनाउने भन्ने विषयमा मुख्य रुपमा छलफल भएको छैन । कानुनभन्दा फाल्तु सरकारलाई कसरि हटाउन सकिन्छ भन्ने कुरा हिजोको छलफलमा केन्द्रीत थियो ।

कांग्रेसको नेतृत्वमा सरकार बन्नको लागि संख्या पुग्दैन , फेरी तत्काल निर्वाचन हुने अवस्था पनि छैन । सरकार बनाउने रस्साकस्सी चलिरहँदा कांग्रेस को संग मिलेर जाने हो त नि ?

संसदमा हाम्रो जामा २५ प्रतिशत मात्र हो , हामीले यतिबेला अरुसंग सल्लाह गर्नुपर्ने अवस्था आएको छ ।  अहिले देशमा भएका कुनै पनि राजनीतिक दलहरुको धारणा स्पष्ट छैन । कुनै राजनीतिक दलको ठेगान छैन , माओवादीको ठेगान छैन, एमालेभित्रै दुई गुट पैदा भएको छ । ओली एकातर्फ छन्, माधव- झलनाथ एकातर्फ छन् । यी अस्थिरतावादिहरुलाई स्थिरतामा नआएसम्म कांग्रेसले पनि  पनि निर्णय गर्दैन ।

नेतृत्व गर्ने भन्ने विषयमा अरु  पार्टीको धारणा नबन्दा कांग्रेस पनि अलमलमा परेको हो ?

हो, अहिलेको अवस्था त्यहि नै हो ।

देउवालाई प्रधानमन्त्री बनाउने विषयमा माओवादीको कुनै रोकतोक थिएन । कांग्रेसको नेतृत्वमा सरकार बनाउने भन्ने प्रस्ताव बोकेर प्रचण्ड र माधव नेपाल  उहाँको घरै पुग्दा देउवाले किन प्रस्ताव रिजेक्ट गर्नुभएको ?

त्यतिबेला पार्टीको भावी अवस्था के हुने हो भन्ने कुराको कुनै निश्चित थिएन, सर्वोच्चको निर्णय पनि आईसकेको थिएन । राजनीतिमा लड्डु बाडेर मात्रै त हुँदैन नि त , अहिले देशको राजनीति कहाँदेखि कहाँ पुगेको छ, सबैलाई थाहा नै छ । माधव नेपाल र प्रचण्ड नै अहिले एकै ठाउँमा छैनन् । माओवादीकै केहि मन्त्रीहरु अहिले भागेर मन्त्री  पद खाईरहेका छन् । केहि एमालेका भगौडाहरु छन्, त्यसैगरी मधेशवादी दलहरुबाट पनि भगौडा निस्के भने त कसैको बहुमत पुग्दैन । त्यस्तो बेलामा एकैचोटी निर्णय गरेर मात्र त समस्या समाधान हुँदैन । अवस्था नबुझिकन झ्याप्प निर्णय गरेर पछि पछुताउने अवस्थामा जानु हुँदैन । अरु दलको स्पष्ट निर्णय नआएको कारणले गर्दा हामीले अहिले नै निर्णय नगरेको हो ।

कांग्रेसको पहिलाको ईच्छा निर्वाचन थियो , तर पाटीका केहि नेताहरुले चुनाव हुनु हुँदैन भन्दै पनि आईरहेका थिए, देउवाको पनि पछिल्लो धारणा यहीं नै छ । निर्वाचनको विषयमा यस्तो यु-टर्न कसरि ?

चुनावको विषयमा हामीले अदालतको निर्णयलाई मान्छौं भनेका थियौं । त्यतिबेला ओलीको नियत चुनाव नगराउने पार्टी फुटाउने र आफु राज गरेर बस्ने भन्नेमा केन्द्रीत रहेको थियो । सर्वोच्चले निर्णय गर्यो भने कांग्रेस सधैं निर्वाचन नै चाहन्छ । सरकार कसैले चलाउन सकेन भने हामि चुनावको लागि तैयार छौं ।

कांग्रेसमा पनि देउवा पक्ष र रामचन्द्र पौडेलबीच ठुलै अन्तरसंघर्ष चलेको जस्तो देखिन्छ । यसको वास्तविकता के हो ?

कांग्रेसको महाधिवेशन  आउंदैछ, पार्टीका कहिँ नेताहरुलाई यो महाधिवेशनको फाईदा कसरि लिउं भन्ने पन लागिरहेको हुन् सक्छ । सभापति को बन्ने भन्ने विषयमा पनि होडबाजी भईरहेको छ । मैले यो निर्णय गरे भने मलाई यो फाईदा पुग्छ भन्ने आफ्नो आफ्नो धारणा पार्टीका नेताहरुमा रहेको छ । तर पार्टीको आन्तरिक निर्णय भन्दा पनि देश ठुलो कुरा हो, हामीले देशको हितको लागि निर्णय गर्नपर्छ ।

कांग्रेसका केहि बैठकमा देउवा र पौडेलबीच कुरा मिलिराखेको छैन, हिजोको बैठकमा पनि उनीहरुबीच भनाभनको अवस्थाको सिर्जना भएको अवस्था रहेको छ नि ?

त्यो हुनु स्वाभाविक नै हो । छिटो गरौँ ओलीलाई हटाईहालौ भन्ने रामचन्द्र पौडेलको भनाई हो । तर उचित विधि र प्रक्रीया लाई अवलम्बन गरेर मात्र निश्चित विन्दुमा पुगेर मात्र ओलीलाई हटाउनुपर्छ भन्ने देउवाको तर्क हो । फेरी हामि निर्णय गर्दै जाने तर ओली नहट्ने भयो भने त त्यसको घाटा नेपाली कांग्रेसलाई नै हुन्छ  । त्यसैले यसलाई परिपक्वताका साथ् जाउँ भन्ने देउवाको धारणा हो ।

कुनै पनि पार्टीको सरकारमा जाने नजाने / अथवा  कसरि जाने भन्ने विषयमा कन्सेप्ट नभएपछी देशमा नयाँ सरकार गठनको तत्काल सम्भावना नभएको अवस्था हो ?

व्यक्तिवादी सोचाईं भएका तथा मुलुक/जनताहरुको बारेमा नसोच्ने पार्टीहरुको राजनीति हावी भएको हुनाले यो अवस्था आएको भन्न सकिन्छ । यसरि सरकार चलाउन पाईंदैन, यसको लागि अब कि त जनमतमा जानपर्छ होईन भने सरकार बनाउन छिटो भन्दा छिटो पहल गर्न आवश्यक छ । पहिलो पहल गर्ने जिम्मा माओवादीको हातमा छ । माओवादीले छिटोभन्दा छिटो समर्थन फिर्ता गर्ने या नभन्ने विषयमा छलफल गर्नुपर्ने आवश्यक छ । पद र प्रतिष्ठा पाउने खालको राजनीति कसैले पनि गर्न भएन । कानुन र संबिधानभित्र रहेर कांग्रेसले जस्तो निकाश दिन पनि तयार छ ।

ओलीको चाहना पनि चुनाव, कांग्रेसको पनि चुनाव विचारधारा त एकै भयो त ?

केपी ओलीले चुनाव चाहेका छैनन् । यिनको नियत पहिल्यैदेखि अर्कै छ जुन देशका नागरिकहरुले बुझिसकेका छन् । कांग्रेस त  चुनाव हारेको भोलिपल्टदेखि नै चुनाव चाहन्थ्यो ।

देउवा र ओली बिचको सेटिंगको कुरा के हो ?

त्यो गलत हो, ओली र देउवाबीच कुनै नि सहमति छैन । नेपाली कांग्रेस जहिले पनि स्थिरताको कानुनि राज्यको पक्षमा उभिएको छ । विचौलिया प्रवृत्ति भएका मानिसहरुसंग हाम्रो कहिल्यै पनि सहमति र सहकार्य हुँदैन ।

देशमा राजनीतिक दुर्घटनामा त गैसक्यो तर अझै पनि के कस्ता कुराहरु गर्न सकियो भने देशलाई थप दुर्घटनाबाट बचाउन सकिन्छ ?

अबको परिवेशमा प्रचण्डले केहि ठोस निर्णय गरेर आउनुपर्यो र माधव नेपालले यस्तो भुईंखुट्टे राजनीति गर्न भएन । माधव-झलनाथ पक्षले यस्तो समानान्तर कमिटिको गठन गर्दै हिड्न भएन । उहाँहरु पदको लागि नभई देशको लागि राजनीति गर्छु भनेर आउनुभयो भने उहाँहरुलाई हाम्रो समर्थन रहन्छ । त्यसपछि पनि पार्टी एउटा राम्रो पार्टीमा जान्छ अनि देशलाई पनि फाईदा पुग्छ ।

माओवादीले पहल गर्यो भने देशको राजनीति सहि ठाउँमा जान्छ भन्ने कांग्रेसको आंकलन हो ?

त्यसो होईन, पहल जसले गरे पनि हुन्छ । केपी ओलीको विरुद्ध माधव नेपाल माओवादी र जसपा एकैठाउँमा आउनुपर्छ भन्ने कांग्रेसको धारणा हो ।

प्रतिनिधिसभा पुनर्स्थापना भएपछी ओलीको राजनीति सकिन्छ भनेर कांग्रेसका नेताहरुले अभिव्यक्ति दिंदै आएका थिए । तर केपी ओली त झनझन् शक्तिशाली हुँदै गए नि त ?

यसलाई बलियो भन्न मिल्दैन, भित्रैभित्रै नांगै भएका छन् । उनले लिएको नीति, नेतृत्व सबैमा ह्रास आएको छ । सबैकुरामा उनि पराजित भएका छन् । नाङ्गोलाई नाङ्गो भन्न नसकेका मात्र हुन् । उनि यतिबेला सरकार टिकाउने खेलोमा लागेका छन् । नैतिकरुपमा उनि पुरै पतन भैसकेका छन् ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …