तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई फकाउने कसरत जारी राखेको छ । तर, जनता समाजवादी पार्टी भने केपी शर्मा ओली नेतृत्वको सरकारलाई तत्काल विस्थापित गर्ने पक्षमा देखिएको छैन । जसपा अनिर्णित हँुदा नयाँ सरकार बनाउने कांग्रेसको योजना तत्काल पूरा हुन कठिन भएको छ ।

शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपासहितको संयुक्त बैठकमार्फत कांग्रेसले जसपालाई सत्ता सहकार्यको औपचारिक प्रस्ताव गरे पनि जसपाले कुनै निर्णय दिएन । जसपाले निर्णय नदिँदा कांग्रेसको तत्काल नयाँ सरकार बनाउने योजना पर सरेको हो ।

नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रले भने कांग्रेसलाई सहमती दिँदै आइरहेको छ । शुक्रबारको बैठकमा कांग्रेस सभापति देउवाले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पार्टीले निर्णय गरिसकेको भन्दै माओवादी र जसपालाई समेत निर्णयबारे जानकारी गराएका थिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपालाई विधिवत रूपमा नयाँ सरकार गठनका लागि सहकार्य प्रस्ताव गरिएको जानकारी दिए । उनले आफ्नो दलको प्रस्तावमा जसपा सकरात्मक रहेको तर आन्तरिक छलफलपछि टुंगोमा पुग्ने जसपाको जवाफ रहेको बताए ।

‘हामीले विधिवत् रूपमा जसपालाई सरकार गठनका लागि प्रस्ताव ग¥यौं, उहाँहरू नकारात्मक हुनुहुन्न, दलभित्र आन्तरिक छलफल गरेर निर्णय दिन्छौं भन्नेछ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जसपा नेता महन्थ ठाकुरले जसपालाई पहिलोपटक नयाँ सरकारका लागि सहकार्यको प्रस्ताव आएको र आन्तरिक छलफलपछि निर्णय दिने जानकारी गराएको बताए ।

‘पहिलोपटक नयाँ सरकार गठनका लागि प्रस्ताव आएको छ, अब हामी आन्तरिक छलफल गरेर थप निर्णय गर्छौं,’ जसपा नेता ठाकुरले भने ।

तीन दलीय बैठकमा जसपाले कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग संविधान संशोधन, जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ, आफ्ना नेता कार्यकर्तामाथि लगाइँदै आइरहेको झुटा मुद्दा खारेजी, नागरिकता समस्याको समाधानलगायतका मागबारे जानकारी गराएका थिए ।

सो प्रस्तावमा कांग्रेसले भने प्रधानमन्त्री ओलीले जसपाका मागमा गर्न सक्ने सम्बोधन कांग्रेसले पनि गर्न सक्ने भन्दै धेरै चिन्ता नलिन जवाफ दिएका थिए । देउवाले संविधान संशोधनका विषयमा प्रधानमन्त्री ओलीको दल एमालेभन्दा पहिलेबाट नै कांग्रेस बढी लचक रहँदै आएकोसमेत जसपालाई जवाफ दिएका छन् ।

बैठकमा कांग्रेसबाट देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, विजयकुमार गच्छेदार, विमलेन्द्र निधि, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जसपाबाट महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेता सहभागी थिए ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …