तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

मुगु । मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह बालज्योति प्राथामिक विद्यालयमा कक्षा २ मा अध्ययरत थिइन् । हत्यामा संलग्न मुगु उत्तरी सोरु गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावलले अपराध स्वीकारेसँगै यस्तो खुलासा भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख नायब उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार बालिका लक्ष्मीमाथि बलात्कार प्रयास भएको थियो । त्यसक्रममा चिच्याउन थालेपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

‘बलात्कार प्रयास गरेको हुँ, लक्ष्मीले चिच्याउने र कराउने गरेकीले हल्ला हुने डरले धकेलेर लडाएँ, त्यसपछि कर्णाली नदीमा फालिदिएँ’

तारापानीको घरनजिकै खेलिरहेकी बालिका गत शनिबारदेखि बेपत्ता थिइन् । उनको शव घरबाट झन्डै ५ सय मिटर टाढा मुगु कर्णाली नदी घाटनजिक माछा मार्न गएका स्थानीयले फेला पारेका थिए ।

शवनजिकै चाउचाउका पाकेट फेला परेपछि प्रारम्भिक अनुसन्धान अघि बढ्यो । तारापानी सिप बजारमा दुई जना चाउचाउ व्यापारी भएको र शनिबार साँझ बालिकाको घरनजिक छिमेकीले चाउचाउ लिएको खुल्न आएको छ ।

शंकास्पद व्यक्ति प्रवेशलाई नियन्त्रणमा लिई अनुसन्धान थाल्दा ‘हत्या गरेको तर बलात्कार नगरेको’ उनले प्रहरीसमक्ष बयान दिएका छन् । ‘बलात्कार प्रयास गरेको हुँ, लक्ष्मीले चिच्याउने र कराउने गरेकीले हल्ला हुने डरले धकेलेर लडाएँ,’ अभियुक्त प्रवेशले बयानमा भनेका छन्, ‘त्यसपछि कर्णाली नदीमा फालिदिएँ ।’

बालिकाको टाउको दायाँपट्टि भाग र छातीमा चोट रहेको अनुसन्धानमा खटिएका जिल्ला कार्यालय मुगुका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए । उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका अभियुक्तले शनिबार मादकपदार्थ सेवन गरेको बताएका छन् । उनलाई १० दिन म्याद थप गरी अनुसन्धान थालिएको छ ।

बालिकाको पोस्टमार्टम भइसकेको छ । भेजाइनल स्वाब तथा भिसेरा संकलनपछि परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।राजधनी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …