तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मकवानपुर । वाग्मती प्रदेशसभाको बुधबार अपराह्नमा बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएनुसार प्रदेशको विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान बजेट तथा योजनाको बाँडफाँट गरिएको बताएका छन्।

मुख्यमन्त्री पौडेलले प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेलले उठाएका विभिन्न प्रश्नको बुधबार स्पष्टीकरण दिँदै सरकारले कुनै राजनीतिक स्वार्थबाट प्रेरित नभई आर्थिक मापदण्ड अपनाएर नै स्वर्गीय मदन भण्डारी फाउण्डेशनलाई ५० लाख उपलब्ध गराएको बताए।

उनले आर्थिक मापदण्ड तयार पारी प्रदेशभित्र इन्धनबाट चल्ने सबै प्रकारका सवारी साधनलाई निषेध गर्दै अब विद्युतीय बस सञ्चालन गर्ने प्रक्रिया सुरु गरिसकिएको र सो अभियानमा प्राविधिकले दिएको राय सुझावअनुसार बस सञ्चालन गर्ने रुट निर्धारण गरिसकिएको उल्लेख गरे।

मुख्यमन्त्री पौडेलले हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँलगायत प्रदेशका विभिन्न जिल्लाको शहरमा जोड्ने विद्युतीय बस सञ्चालनका लागि प्रथम चरणमा ३० वटा बस खरीदका लागि बोलपत्र आह्वान गरिसकिएको जानकारी दिए। उनले विद्युतीय बस सञ्चालनका लागि अहिले त्रिभुवन राजपथ, नारायणगढदेखि काठमाडौँलगायत १० सहरमा ५० विद्युत् चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत् प्रधिकरणले बोलपत्र आह्वान गरिसकिएको र केही महीनाभित्रै चार्जिङ स्टेशनको निर्माण भइसक्ने बताए।

आगामी आव २०७८/७९ को भदौ महीनाको पहिलो हप्तासम्म विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको मुख्यमन्त्रीले अवगत गराए। उनले सरकारले विभिन्न जिल्लाको अस्पतालको स्तरोन्नति दक्ष जनशक्तिको चिकित्सकको दरबन्दीको सिर्जना, अत्याधुनिक प्रयोगशालाको स्थापना गर्नुका साथै उच्च शिक्षा अध्यापनका लागि मेडिकल र प्राविधिक विश्वविद्यालय स्थापना गर्दै लैजाने लक्ष्य रहेको छ भने।

मुख्यमन्त्री पौडेलको स्पष्टीकरणप्रति पछि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दलका नेता जम्मकट्टेलले सरकारले आर्थिक कार्यविधि र नियमावली तयार नगरी आफ्नो राजनीतिक स्वार्थ परिपूर्ति गर्ने उद्देश्यले बिना कार्यविधि नै फाउण्डेशनलाई ५० लाख दिएको भन्दै त्यसबारे थप स्पष्ट पार्न आग्रह गरे। उनले विद्युतीय बस सञ्चालन गर्ने प्रक्रियालाई पुनः सबै प्रतिपक्षसँग बसेर विचारविमर्श गरी मापदण्ड तयार गर्नुपर्ने माग गर्दै आफ्नो पार्टीले बैठक अवरोध गर्ने बताए।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले नेकपा (माओवादी केन्द्र)का सांसदको अवरोधका कारण बुधबार बस्ने दोस्रो बैठक पनि अवरुद्ध भई यही चैत २६ गते दिनको ११ बजे बस्ने गरी आजको बैठक स्थगन गरेका थिए। हिजोको बैठकमा पेश हुने विभिन्न कार्यसूचीको प्रस्ताव स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …