तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । कोरोना संक्रमण जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रेस्टुरेन्ट बन्ददेखि आवागमनमा समेत कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर र सार्वजनिक स्थानमा मास्क प्रयोग अनिवार्य गराउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । कतिपय विद्यालयमा जनस्वास्थ्य मापदण्ड पालना नभएको पाइएपछि उच्च सतर्कता अपनाउन मन्त्रालयले भनेको छ ।

राति ९ बजेपछि रेस्टुरेन्ट बन्द आवागमनमा कडाइ

हाल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको निगरानीमा मन्त्रालयद्वारा बुधबार जारी सूचनामा ‘काठमाडौं, पोखरालगायतका ठूला सहरमा विद्यालय समूहमा संक्रमण बढ्दो रहेकाले सम्पूर्ण शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन’ अनुरोध गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जोखिम बढेका ठूला सहरमा सार्वजनिक यातायात वा भीडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइसाथ अनिवार्य पालना गर्न गराउन आग्रह गरिएको जानकारी दिए ।

ठूला सहरमा ५ सयभन्दा बढी र सानामा सयभन्दा बढी सक्रिय संक्रमित देखिएको अवस्थामा आवागमनमा कडाइ गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्विमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट फर्केपछि घरमा क्वारेन्टाइनमा रहेका र संक्रमित भएर घरमै आइसोलेसनमा बसेकाले पनि जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्नुपर्नेछ । संक्रमण बढी जोखिम हुने स्थानमा ‘¥यान्डम एन्टिजेन’ परीक्षण बढाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

यसैगरी, बुधबार देशभर ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा २ सय ९८ र एन्टिजिन परीक्षणमा ४१ गरी ३ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै देशभर कुल संक्रमित संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जना डिस्चार्ज भएका छन् । देशभर निको हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ पुगेको छ । हाल, ६५ जना क्वारेन्टाइनमा छन् ।रजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …