काठमाडौँ । पर्सा, धादिङ, भोजपुर र कैलाली जिल्लामा आज भएका सडक दुर्घटना, सुनसरीमा करेन्ट लागेर तथा प्यूठानमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।
प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारास्थित रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल र तीन वर्षीया छोरी चन्द्रकलाको तथा इटहरी उपमहानगरपालिका–५ शान्ति चोकमा डिसहोमको तार जोड्ने क्रममा ललितपुरको महाकाल गाउँपालिका–४ का २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी टीकापुर नगरपालिका–१ सन्त निरङ्कारी चोकमा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पद्मा साउद तथा भोजपुरको हतुवागडी गाउँपालिका–२ लुङ्गिनस्थित सडकमा ट्याक्टर पल्टिँदा त्यसका सहचालक २० वर्षीय नवीन राईको घटनास्थलमै मृत्यु भएको छ ।
धादिङको खनियाबाँस गाउँपालिका–२ डुन्डुरेमा सडकबाट खस्दा रुविभ्याली गाउँपालिका–५ लापा बस्ने १४ वर्षीय अनिल तामाङको पनि घटनास्थलमै मृत्यु भएको तथा वीरगञ्ज महानगरपालिका–३१ न्यकाटोलमा ट्र्याक्टरको ठक्करबाट सात वर्षीय शेख साहिदको ज्यान गएको जनाइएको छ ।
स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ काठमाडौँ। सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल …
काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका …
काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर …
काठमाडौँ। सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित …