• मङ्गलबार, चैत-३१,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपालमा डढेलोले प्रकोपको रूप लिएका बेला सरकारले फायर फाइटिङ हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।

डढेलोले दुःख गरेर संरक्षण गरिएको वन क्षेत्र विनाश गर्नुका साथै जनताको ज्यानसमेत लिन थालेकाले फायर फाइटिङ हेलिकप्टर भित्र्याउने प्रक्रिया अगाडि बढाइएको हो । फायर फाइटर हेलिकप्टरले डढेलो लागेको स्थानमै पुगेर आकाशमार्ग हुँदै आगो निभाउँछ ।

नेपाली सेनालाई जिम्मा दिने गरी हेलिकप्टर खरिद गर्ने प्रक्रिया अगाडि बढेको वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जानकारी दिए ।

नेपालले एन फायर फाइटिङ हेलिकप्टर ल्याउन लागेको बताउँदै उनले भने, “हरेक वर्ष डढेलोले वन विनाश बढाएको हुँदा सरकारले आफैँ हेलिकप्टर किनेर नियन्त्रणको बाटोमा अग्रसर भएको हो ।”

मन्त्री आलेका अनुसार एउटा फायर हेलिकप्टर खरिद गर्नका लागि वन मन्त्रालयले दुई अर्ब रुपियाँ बजेट सरकारसँग माग गरिसकेको छ । कुन देशबाट ल्याउँदा सहज र राम्रो आउँछ त्यस बारेमा बुझ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग परामर्श भइरहेको उनले बताए ।

पहिले दुईवटा फायर फाइटिङ हेलिकप्टर ल्याउने विषयमा छलफल भएको थियो तर तत्काल नसकिने भएकाले एउटा हेलिकप्टर ल्याउन लागिएको हो ।

यस पटक नेपालमा देखिएको डढेलाको प्रकोप विगत १० वर्षयताकै उच्च रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस वर्ष एकै दिन झन्डै आठ सयवटा डढेलोका घटना रेकर्ड भएको थियो ।

जसअनुसार सोमबार ७९८ स्थानमा डढेलो लागेको थियो । वि।सं। २०६६ सालमा उच्च प्रकोपका रूपमा नेपालमा यसअघि डढेलो देखिएको थियो ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

कविता : समाजको तितो सत्य

कविता : समाजको तितो सत्य
पत्रपत्रिका

रिडी धाममा तीन जिल्ला जोड्ने तीनमुखे पुल बन्दै

स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ काठमाडौँ। सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल …

डढेलोले सखाप हुँदै वन

काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका …

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर …

हुलाकी राजमार्गको आधाभन्दा बढी काम सम्पन्न

काठमाडौँ। सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित …