तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं। दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुकुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् ।

दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुन् ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्थालाई अति संवेदनशील (रेडजोन)बाट हटाएर संवेदनशील (एलोजोन)को सूचीमा राख्नुु ‘ग्रिन सिग्लन’ भएकाले खुकुलो बनाएको बताउनुभयो । दक्षिण कोरियाको पछिल्लो सङ्केतले विद्यार्थी जान पाउने भएका छन् । उनीहरूको अवस्था हेरेर ईपीएसमार्फत जाने तयारीमा रहेका युवाको बाटो खुल्ने उहाँले बताए ।

दक्षिण कोरिया जानका लागि श्रम सम्झौता आइसकेका १२ हजार बढी छन् । दक्षिण कोरियाले कोरोना सङ्क्रमणको अवस्थामा नेपाललाई ‘ग्रिनजोन’ मा राखेपछि सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरेर श्रम सम्झौतामा आई रोस्टरमा परेका ती सबै युवा दक्षिण कोरिया जान पाउने उनको भनाइ छ ।

दक्षिण कोरिया सरकारअन्तर्गतको मानव संसाधन विभाग (एचआरडी)ले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेको छ । यो विश्वका विभिन्न १६ देशका लागि छुुट्याइएको कोटा हो । एचआरडीले देशअनुसारको कोटा अहिलेसम्म निर्धारण नगरेपछि नयाँ तयारी गर्नेहरू भने अझै अन्योलमा छन् ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले ईपीएसअन्तर्गत सन् २०२१ का लागि कोरिया सरकारले विदेशी श्रमिकका लागि ५२ हजार कोटा निर्धारण गरेको छ तर देशगत रूपमा कोटा छुुट्याइएको छैन । त्यसले गर्दा भाषा परीक्षा कार्यक्रममा अन्योल कायमै छ ।

शाखाका निर्देशक गौतमले भाषा परीक्षण सञ्चालनका लागि एचआरडीले आन्तरिक तयारी गरिरहेकाले भाषा परीक्षण हुुने निश्चित भए पनि समयबारे भने अझै अनिश्चित रहेको बताए । एचआरडीसँगको कुराकानीमा परीक्षा हुने भनिए पनि कहिले गर्ने भन्ने विषय स्पष्ट नपारेकाले आफूहरूले भन्न नसकेको उनको भनाइ छ ।

शाखाका अनुसार कोरियाले २०२१ मा नेपालबाट यति नै श्रमिक लैजाने भनेर कोटा छुटाएको छैन । कोरियाले विदेशी श्रमिक लिन ईपीएस कोरियन भाषा सञ्चालन गर्दै आएको छ ।

नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा सञ्चालन गर्दै आएको छ । कोरिया सरकारले विदेशी श्रमिक आपूर्ति गर्दै आएका देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन ।

विगतमा कोरिया सरकारले जनवरीदेखि फेब्रुअरीसम्ममा ईपीएस भाषा परीक्षा सञ्चालनका लागि पत्राचार गर्ने गरे पनि सन् २०२१ का लागि जानकारी नआएको शाखाका निर्देशक गौतमले जानकारी दिए।

नेपालमा कातिकमा परीक्षा फर्म खुलाएर चैतमा परीक्षा लिँदै आएको थियो । यो वर्ष पनि कोरियन भाषा परीक्षाका विषयमा टुङ्गो नलागेको उहाँको भनाइ छ । जसले गर्दा नेपालीको आकर्षण रोजगारी गन्तव्य मानिने दक्षिण कोरियाको रोजगारी अन्योल बन्दै गएको छ ।

सो शाखाका अनुसार ईपीएसमार्फत रोजगारीका लागि गएका ४५ हजार बढी नेपाली युवा दक्षिण कोरियाको रोजगारीमा छन् भने हाल ४० हजार युवा हाल कार्यरत रहेको ईपीएस शाखाले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …