• मङ्गलबार, चैत-३१,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका ४ मन्त्रीलाई सांसदबाट हटाउन संसद् सचिवालयमा पत्र दर्ता गराएको छ ।

ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना माओवादीले संसद् सचिवालयलाई दिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हस्ताक्षरित निर्णयमा उनीहरुलाई एमाले प्रवेशबारे स्पष्टीकरण सोधिएकामा प्रभु साह बाहेक अरुले जवाफ नदिएको र जवाफ दिने प्रभुको पनि स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गरिएको उल्लेख गरिएको छ ।

पार्टीको निर्णयअनुसार उनीहरु मन्त्रीबाट फिर्ता हुन समेत नमानी पार्टी निर्णय उलंघन गरेको पत्रमा उल्लेख गरिएको छ ।

हेर्नुहोस कारवाहीको पत्र :

maoist

 

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

कविता : समाजको तितो सत्य

कविता : समाजको तितो सत्य
पत्रपत्रिका

रिडी धाममा तीन जिल्ला जोड्ने तीनमुखे पुल बन्दै

स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ काठमाडौँ। सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल …

डढेलोले सखाप हुँदै वन

काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका …

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर …

हुलाकी राजमार्गको आधाभन्दा बढी काम सम्पन्न

काठमाडौँ। सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित …