तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोर्चुगल। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले संस्थाका कोषाध्यक्ष बिक्रम जंग कुँवरलाई निलम्बन गरेको छ ।

संघले एक बिगप्ति जारी गरी कुँवरले संचालन गर्दै आएको लक्ष्मी ट्राभल्सबाट टिकट लिई नेपाल उडानको तयारी गरी लिस्बोन एयरपोर्ट पुगेका एक दर्जन भन्दा बढि मानिसहरू टिकट नक्कली भएको जानाकारी एयरपोर्टको टिकट रुजु गर्ने कर्मचारीले जनाए पश्चात उहाँहरु सबैजना एयरपोर्टबाट फिर्ता भएको खबर र पिडीतको गुनासो सहितको भिडियो र सामाजिक संजालमा आएको समाचारले एनआरएनए पोर्चुगलको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

समितिका जो कोहि पनि पदाधिकारीबाट कहि कतै संस्थाको हित बिपरित समाजमा नकरात्मक वातावरण सृजना गर्ने , गराउने र भ्रम श्रृजना गरेमा स्वत जो कोहिलाई पनि संस्थागत रुपमा निलम्बन गर्ने भनी निर्णय गरिएको सबैमा अवगत छ जारी बिगप्तिमा उल्लेख छ   

एनआरएनए पोर्चुगलको पूर्व घोषित कार्यसमितिको निर्णय बमोजिम संस्थाका कोषाध्यक्ष बिक्रम जंग कुँवरको यस किसिमको व्यबहार प्रती गम्भिर हुँदै निजलाई आजको मितिदेखि कार्यसमितिको अर्को निर्णय नहुन्जेल सम्मका लागि स्वत निलम्बन गरिएको कुरा सबैमा जानकारी गराउन चाहान्छौं जारी बिगप्तिमा भनिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …