तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङका पूर्व सचिव एवम् पूर्व हासमिति सदस्य प्रजातान्त्रिक शेनानी वागवीर राईको धर्मपत्नि असुनमाया राईको निधन भएको छ ।

वागवीर राई दम्पति पछिल्लो समयमा वेलायतमा रहदै आइरहनु भएकोमा श्रीमती असुनमाया राई अकस्मात विरामी भै वेलायत स्थित स्विन्डन ग्रेट वेस्टर्न अस्पतालमा उपचाररत हुदा हुदै मिति २०७७ साल चैत्र १ गते असामयिक निधन भएको थियो । उहाको पार्थिब शरीर उहाको पार्थिव शरिरलाई वेलायतबाट नेपाल ल्याई चैत्र २३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङ स्थित आफ्नो घरमा लगि अन्तिम संस्कार सम्पन्न गरिएको छ ।  नेपाल ल्याइ सोही दिन नेपाली कांग्रेस खोटाङले पार्टीको झन्डा ओडाएर उनीप्रति श्रद्धाञ्जलि दिएको छ ।

वृटिस शेनामा लामो समयसम्म जागिर खाएर पेन्सन प्राप्त भई स्वदेश फर्केपछि प्रजातन्त्र प्राप्तिसंगै नेपाली कांग्रेसमा आवद्ध भै विभिन्न जिम्मेवारी सम्हाल्नु भएका वागवीर राईकी धर्मपत्नि असुनमाया राईको विक्रम सम्वत २००१ साल मंसिर १४ गते हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १४ वुइपा लेक्पामा पिता स्वर्गीय पञ्चवीर राई तथा आमा स्वर्गीय पन्थशोभा राईको कोखबाट माइली छोरीका रुपमा जन्म भएको थियो । उहाको वागवीर राईसंग विक्रम सम्वत २०१५ साल मंसिर ११ गतेका दिन शुभ विवाह भै वागवीर राईको राजनैतिक यात्रामा सहधर्मिणीका रुपमा ठूलो सहयोग प्रदान गर्नुभएको थियो ।

नेपाली कांग्रेसका पूर्व सभापति विष्णुकुमार राईले उनको निधनबाट कांग्रेसले एक सरल र निष्ठावान अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेक छन ।

अन्तिम संस्कार गर्नु अघि स्वर्गीय राईको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाई उपस्थित सबैले ५ मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …