तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजुरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको हो । 

ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ । उक्त हार्डवेयरले गोरखकाली सोलार एण्ड मेटल वर्कसपलाई बिलभन्दा कम सामान दिएर ठगी गरेको पाइएको हो ।


नापतौल कार्यालय काठमाडौँका प्रमुख एवं वरिष्ठ निरीक्षक मनिषकुमार दासले फलामे एङ्गल, स्टिल रड, पाता, एसएस पाइपलगायतमा धेरै परिणामको बिल बनाई कम सामान उपभोक्तालाई दिएको भन्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो । “आम उपभोक्तालाई ठगी गर्नेलाई आवश्यक अनुन्धान गरी कारबाही गछौँ”, उहाँले भन्नुभयो ।

गोरखकाली सोलार एण्ड मेटल वर्कसपको नाममा जारी गरिएको बिलमा १८८.१ किलोग्राम फलामे एङ्गलमा १४.३ किलोग्राम, ३१८.४ किलोग्राम एसएस रडमा २८.८ किलोग्राम, २०१.१ किलोग्राम प्mल्याटमा १०.६ किलोग्रामसम्म कमी भएको कार्यालय प्रमुख दासले बताउनुभयो ।

नापतौल कार्यालयले राजेश हार्डवेयर बालाजु कार्यालयको सटरसमेत शिलबन्दी गरेको छ । राजेश हार्डवेयरले विभिन्न कम्पनीका रड स्टिललगायतका सामाग्री बिक्री वितरण गर्दै आएको थियो । नापतौल कार्यालयले उपभोक्ताले सामान किन्दा आफ्नो आँखा अगाडि तौल जाँच गरेमात्र खरिद गर्दा यस्ता ठगीबाट बच्न सकिने बताएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …