तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काभ्रे । महाभारत गाउँपालिका वडा नम्बर १ र २ साविक गोकुले काभ्रेद्वारा २१ गते शनिबारको दिन आयोजित पार्टी प्रवेश तथा बृहत कार्यकर्ता भेला र आमसभाको आयोजना सभ्य र भव्य तरिकाले सम्पन्न भएको छ।

२०७४ सालको निर्वाचनमा दुई पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मिलेर बनेको गठबन्धन पछि लाल किल्ला भएको काभ्रे अहिले भने काङ्ग्रेसमय बनेको छ। विगत तीन बर्षदेखि दुई तिहाईको सरकारले गरिब जनता र देशको लागी कुनै उपलब्धि नदिएको कम्युनिस्ट सरकारको कार्यशैली,ब्यवहार देखेर आम नेपाली जनताहरु कम्युनिस्ट सरकार प्रति अक्रान्त र आजित भएको बेला नेपाली काङ्ग्रेस पार्टी र नेपाली काङ्ग्रेसका विभिन्न भातृ संङठन द्वारा गरिएको आमसभा र कार्यकर्ता भेलामा कम्युनिस्ट पार्टी परित्याग गरि काङ्ग्रेस प्रवेश गर्नेको लहरै चलेको छ।

त्यसक्रमम तारा बहादुर राना, चन्द्र मान जिम्बा र बाबु लाल जिम्बाको नेतृत्वमा नेकपा एमाले लगाएत विभिन्न पार्टी परित्याग गरि १२१ भन्दा बढी नेताकार्यकर्ताहरु नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन।यस अर्थमा कम्युनिस्ट सरकार बाट आम नेपाली जनताहरु चित्तबुझ्दो छैन भन्ने एक उदाहरण काभ्रेको यो दृश्यबाट प्रष्ट देखिन्छ।

कार्यक्रमका प्रमुख अथिति नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शिव प्रसाद हुमागाँई थिए,बिशिस्ट अथितीहरुमा पुर्व संसद,संविधानसभा सदस्य तिर्थ लामा,काभ्रे जिल्ला सचीव दिनेश लामा,नेपाली काङ्ग्रेस प्रदेश सभा १ (क)का पुर्व उम्मेदवार चन्द्रबहादुर लामा(सि पि) काभ्रे क्षेत्रीय सभापति राम योन्जन र नेपाली काङ्ग्रेस तरुण बागमती प्रदेश उपसंयोजक तथा तरुण दल काभ्रेका सभापति धावा लामा लगाएत तरुण क्षेत्रीय सभापति गोर्खा लामाले नवप्रवेशिकाहरुलाई फुलमाला, अबिर र खादा लगाएर भव्य स्वागत गरे।

उक्त कार्यक्रममा कलाकारहरु दोहोरी गायिका अमृता लुङेली,सेलो गायक बिशाल काल्तान,सेलो गायिका जितु लोप्चन र सेलो गायिका सिर्जना स्याङतान द्वारा दमदार प्रस्तुती दिएका थिए ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …