तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमाकान्त अर्याल (मिर्दी, वालिंङ्ग स्याङ्गजा )

धेरै अघिको कुराहो यस पृथ्वीमा पद्य नाम गरेका  कुनै एक राजा थिए । उनकी अत्यन्त शुशील लक्ष्मी जस्तै सुन्दरी र सौभाग्यवती लिला नाम गरेकी रानी थिइन । उनको राज्य धनधान्य ,राज्यलक्ष्मीले परिपुर्ण र वैभवशाली  थियो ।त्यस राज्यको कीर्ति र  यश सर्वत्र फैलिएको थियो । राजा पद्मको खुसीको लागि रानी हरवखत सचेत रहन्थिन् ।

रानी लिलालाई एकदिन मनमा यस्तो कुरा खेल्योकी, अहो मेरोलागि यतिका सौभाग्य छन् पति भन्दा म पहिल्यै मरेँ भने त ठीकै हुनेछ तर पतिको मृत्य पहिल्यै  भयो भने,  कसरी एक्लै वस्न सकुँला भनेर काल्पनिक बिछोडको चिन्ताले सताउन लाग्यो । कुनै उपायवाट  पतिदेवको  मृत्यु नहुने  अजर वनाउन सकिन्छकी भनेर  मनमनै सोच्न लागिन् र राजप्रसादमा  भएका विद्वानहरू संग सल्लाह लिइन् ।

जप तप यम नियम  गरेर अरू शिद्दि प्राप्त गर्न त सकिन्छ तर मृत्यु टार्न नसकिने  कुरा थाहा भयो । पतिको पहिल्यै मृत्यु भैहाल्यो  भने, उनको मृत शरीरलार्इ घर भित्रै रहने व्यवस्था मिलाएर पतिको विछोडको आभास नहुने तरिका गर्न सकिने विचार स्वीकृत भयो । त्यस्तो  शिद्धीको लागि  राजा पद्मले    थाहा नपाईकन वागेश्वरी माताको व्रत आरम्भ गरिन् । 

व्रतबाट खुसी हुदै सरस्वती माता साम्ने  प्रकट भएर लिलालाई भनिन,”पतिको  चिरायुको लागि तिमीले गरेका यो व्रत वाट म सन्तुष्ट छु , मनोवान्छित वर माग’ भनी आग्याँ भयो।  तवा रानी लिलाले भनिन् – ‘एक त मेरो पतिदेवको मृत्यु भएपछि उनको आत्मा यँही दरवारको मन्डप  भित्र रहोस साथै जतिवेला मैले हजुरको आव्हान गर्दछु त्यस समयमा हजुरले मलाई दर्शन दिने कृपा गर्नु पर्ने छ’ । माता सरस्वतीले तथास्तु भन्दै अन्तरध्यान भर्इन । त्यसपछि    केही वर्ष  पछिको कुराहो, कुनै शत्रु देश संगको युद्यमा  राजा पद्यको मृत्यु भयो ।

पतिको मृत्युवाट विह्लल लिलाले रोइकराई गर्न थालिन, त्यस वखत माता सरस्वतीबाट राजाको शवलाई दरवारको भित्री कोठामा फूलले ढाकेर राख्ने आकाशवाणि भयो र त्यसै गरिन । राती सवै निदाएपछि रानी लिला पतिको शव भएको स्थानमा वसेर जव माता भगवतीको आराधना गरेकी।थिईरइन तव माता स्वयं  उपस्थित भएर शोक नगर्न सम्झाईन । लिलाले मातालाई भनिन,- मेरा पतिको जीवाँश अहिले काहां पुगेको छ र उनीले अहिले के गर्दैछन्, म देख्न चाहन्छु ! यो रहस्य थाहा पाउन, शुद्द मनले चेतनाकाशको ध्यान गरेमा सवै कुरा थाहा पाउन सकिन्छ तर अहिलेनै  तिम्रो मनको एकाग्रता, पवित्रता र त्यस्तो शिद्धी 

पात्रता छैन तैपनि म तिमीलाई चेतनाकाशको दर्शन गर्न सक्ने शक्तिको वर्दान दिने्छु  भनेर माता सरस्वती विदा भर्इन् । तव रानी लिला ध्यानमा वस्ने वित्तिकै निर्विकल्प समाधि लाग्यो । 

समाधि बाट चेतनाकाशमा हेर्दा त राजा पद्य अन्तहपुरको शव  माथिको शक्ष्म आकाशीय राज्यमा फेरी राजा भएर शिंहासनमा विराजमान पो भैसकेको देखिए । उनको वरीपरि उनै भाइभारदार मन्त्री परिजन र आफन्तहरु थिए। राज्यको चारै तर्फबाट सामन्तहरु, सेवकहरु जम्मा भएर राज्यको विभिन्न विषयमा  समीक्षा गरीरहेका थिए । राजाकी जय होस भनेर स्तुती गान गर्दै थिए । आफ्नै पुरानो राजभवनमा जस्तै त्यँहा पनि उस्तै  वैभव थियो। राजभवन अगाडीका हात्ति घोडा रथ र अश्वसाला सवै उस्तै देखिन्थे । आफना पुरवासी सवै र केही नयाँ अनुहार समेतका त्याँहा देखे पछि रानी लिलालाई चिन्ता भयो, के सवै याँहाका मानिस मरेको हुदा त्याँहा देखिएको हो की ? शंका लागेर ध्यानवाट विउँझिदै  सवै सभासद र मन्त्री तथा सेवकहरुलाई तत्काल उपस्थित हुन उर्दी जारी गरिन् । 

आधा रातको समय भएता पनि तत्क्षण सवै उपस्थित भएको देखे पछि  यँहाका सवै भार्इ भारदार र राज्य पुर्ववत भएको अनुभव भयो  उनलार्इ र खुशी भईन । उनलार्इ  कौतुहल भयो, याँहा पनि उनै मानिस ,उही दरवार र परिवेस छ , अन्तहपुर माथिको आकाशमा पनि सवै उस्तै उस्तै देखिन्छ, यो मध्ये कुन राज्य सत्य हो र कुन कृ्तिम रानी असमन्जसमा परिन । 

यस्तै राज्य याँहा छ, भर्खर मरेका राजा पद्म, चेतनाकाशमा ध्यानबाट देखिएको त्यस राज्यको राजशिंहासनमा वसेर उस्तै शासन गरिरहेका छन । यो अनौठो  रहस्य जान्नको लागी रानी  लिलाले फेरी माता सरस्वतीको स्मरण गरिन् र उपस्थित भएकी   माता संग सोधिन ,अहिले हजुर र म याँहा छौं यो  राज्य  सत्यहोकी, गृहमण्डपको आकाशमा याँहाकै भाँतीको राजभवनमा भारदार सहित  राजा पद्म राजकीय छलफलमा सहभागी छन् कुन  राज्य र घटना सत्यहो ?  तव माता भन्नुहन्छ -यो दुवै सत्य होइन, सवै स्मृतीस्वरुप मात्र हो वा स्मृतिपटलमा प्रतीभास भएको मात्र हो । लिलाले फेरी भनिन,माते ! याँहाको त देश र काल सिद्य हुन्छ तर आकाशमन्डपको उक्त दृश्य त प्रमाणित हुदैन सुन्य छ ?

तव माता सरस्वती भन्नु हन्छु ‘तिमी अहिले याँहा छौ यो पनि एउटा  स्मृति मात्र भएको हुदा सुन्यनै हो र तिम्रो पतिको नुतन श्रीष्टी पनि सुन्यनै हो’ । तेसो भए यो राज्यको म अहिले जाँहा रानी छु यो श्रृष्टिको भान कसरी भयो ? माताले भन्छिन “रानी लिले ! यस पुर्व आकाशको कुनै कोसमा गिरी ग्राम भन्ने गाँऊ थियो । त्याँहा वशिष्ठ भन्ने व्राम्हण र अरुन्धती नामगरेका व्राम्हण दम्पत्ति वस्दथे । दुवै ज्यादै नैष्टिक, आचरणशील, दानी र परोपकारी थिए । दुवैलाई सवै कुराको सुख थियो । 

वृद्द अवस्थामा व्राम्हण वशिष्ठ डाँडामा  वसेर तल हेर्दै गर्दा त्यस देशका  राजाले वडो शान र सौकतका साथमा शैनिक हात्ति घोडा रथ सहित शिकारका लागि कतै जाँदै गरेको देखे, राजाको सवारी देखेर कति  मानिसहरु डराएर भाग्दै थिए । राजाको यो वैभव देखेपछि, अहो आफु पनि  राजा हुन पाए  यस्तै मान प्रतिष्ठा र राज्यलक्ष्मीको भोग गर्न पाइने थियो भन्ने विचार मनमा आयो ती व्राम्हण वशिष्ठको ठीक यही विचार गरिरहेको समयमा ती व्राम्हण दम्पतिको मृत्यु भयो । 

मृत व्राम्हणको शवलाई सोही घरको भित्री मन्डपमा राखिएको थियो त्यसैले  ती वशिष्ठ व्राम्हणको जीव सोही मन्डप माथि अहिले पनि छ । उक्त जन्मको राजा हुने सुदृढ संकल्प र कर्मको फलस्वरुप तिनै बिशिस्ट व्राम्हण नै तिम्रा पति राजा पद्य भएका हुन् र अरुन्धती व्राम्हणी नै तिमी रानी लिला भएकी हौ । त्यही गीरीग्रामको व्राम्हणको घरको मन्डपाकाशको सानो कोस भित्र अहिले पनि तिमीलाई यो विशाल राज्यको अनुभव भैरहेको छ । 

व्रम्हरुप आकाशमा जीव भावको भ्रान्ती भएको कारणले तिमीलार्इ  यो सवै प्रतीत भैरहेको छ “। वागेश्वरी माताको रहस्यमयी यी सवै कुरा सुनी सकेर रानी लिला आश्चर्यमा परिन  र भनिन “माता !हजुरले भनेको सवै कुरा सत्य भए पनि मैले कसरी विश्वास गरौ? काँहा व्राम्हणको उक्त घरमाथिको सानो कोसमा यत्रो साम्राज्यको प्रतक्ष अनुभव हुन सक्छ ? माता,! यो घरको मन्डपमाथिको यति सानो कोसमा  त्यत्रो विशाल साम्राज्य , भुखण्ड कसरी देखिन्छ ? मानौ कि, एक तोरीको दाना भित्र विशाल हात्तिहरु वाँधिएको छ,   असंगत जस्तो हुन्छ नी ?” हेर  लिला ! व्राम्हणको जीवात्मा उसैको घरको आकाशमा चिदाकाशरुप भएर कल्पित माहान राष्ट्र देखिरहेको छ । 

मरणकालमा उनीले पुर्व जीवनको सवै अवस्था भुले र   मर्नेवेलामा राजा हुने कामना गरेकोले उनको त्यस जीवले संकल्पित राज्य उद्दिप्त भैरहेको अनुभव गरिरहेको छ ।  त्यसैले तिमीहरु दुवैको पुर्व जीवनको स्मृति नष्ट भएर दोश्रो स्मृति  उदय वा उद्दिप्त  भएको छ । यो सवै त्याँहा गिरीगाममा गएर अहिले पनि हेर्न सकिन्छ, त्यति हो हामी संग हेर्ने क्षमता हुनु पर्दछ जो मैले तिमीलार्इ दिएकी छु। जसरी देश भ्रम मात्र हो ,त्यसै गरि समय ,क्षण पनि प्रतीति मात्र हो, यसको सत्ता छैन । ” यो सुने पछि रानी लिलाले  पुर्व जन्म व्यतीत भएको उक्त घर हेर्नै इच्छा व्यक्त गरिन   

माताले हुन्छ भने पछि दुवै ध्यान समाधिमा वसेर चेतना गमन गर्दै लाखौ योजन परको यात्रा गरे । गिरी ग्राममा पुगेकै समयमा तिनै वशिष्ट व्राम्हणको मृत्यृको शोकमा सवै गाँउलेहरु जुटेर शोक गरिरहेका रहेछन् -जवकी ती वशिष्ठ त्यँहा मरेर राजा पद्म भइ फेरी मरेर अन्त राजा भएको छन् -। दुवै देवी घरको आँगनमा पुगे । यस पछि देवीहरुले उनिहरु संग किन जम्मा भएको हो भनेर सोध्दै वशिष्ठ व्राम्हणको मृत्यु भएकोले शोकका लागि उपस्थित भएको भन्दै व्राम्हण दम्पतिको अशलपन र परोपकारी गुणको चर्चा गरे । जेठा छोरा जेष्ठ शर्मा लगाएत उपस्थित सवैलाई आशिस दिएर व्राम्हण दम्पत्तिको शव राखिएको घरको स्थानको दर्शन पछि लिलाको इच्छा वमोजीम त्याँहा वाट फकिैएर फेरी हाल राजा भएको स्वर्गीय पतिको राज्यमा आकाश मार्ग वाट गमन गरे । सो राज्यमा पुगेर हेर्दा युद्द चलिरहेको रहेछ । 

युद्दबाट थाकेका राजा विदुरथ शयन गरेको समयमा दुवै देवी कोठामा प्रवेश गरी उठएर वार्तालाप गर्दछन । त्याँहा पनि विदुरथकी पत्नि लिला नै रहेछन ,पुर्वा लिला जस्तै । यो युद्दमा हार भई राजा पद्यको मृत्यु हुने कुरा माता सरस्वतीले वतार्इन ,सो वमोजिम  त्याँहा राजा विदुरथ भनेर चिनिएका पद्यको युद्यमा हार भए पछि मृत्यु भयो । 

उक्त मृतक जीवको आत्मा पुनः रानी लिलाको राजभवनमा फुलले ढाकेर राखिएको पुरानो शवमा प्रवेश गरार्इ,  शव पुनर्जीवित हुन्छ ।  प्रजावत्सल राजा पद्मलाई पुर्ववत राज शिंहासनमा पाएर सवै प्रजा खुसी हुन्छन । माता सरस्वतीको कृपाले ,  मानिसको स्मृति अनुरूप व्रम्हमा गोचर हुने मिथ्या प्रतिभासको रहस्यका वारे राजा पद्म र रानी लिलालार्इ भ्रमको  निवरण भयो । मिथ्याभासको  यो ज्ञान पछि, जीवनको कामना र वासनाहरू राजा रानी दुवैको समाप्त भएकोले , थप पाउँने वा जान्ने बिषय वाँकी नरहेको भएता पनि, न्याय पुर्वक प्राप्त राजकाजको अवसर लाई निष्काम र आप्तकाम भएर फेरी धेरै समय सम्म राजा रानी साथमा रहेर राज्य संचालन गरे । 

यो कथा वाट यही प्रमाणित हुन्छ कि  मानिसको मृत्यु पछि मर्ने वेलामा जे संकल्प गरिन्छ कर्म संग मेल खाए पछि त्यही हुन्छ  अर्थात हाम्रो वासना,कामना अनुसारको शरीर र अवस्था प्रप्त गर्दछौं । जव सम्म हाम्रो वासना र अध्यास समाप्त हुदैन यो प्रतीति र प्रतिभासिक असतलाई हामी सत ठानेर व्यवहार गर्द छौ । गीरी ग्रामको कुनै घरको मन्डपमा भएको शरीरको कुनै कोस भित्रै तीन जन्मको आभास भैरहेको छ । यँहा यस कथालाई यसरी पनि  वुझन सकिन्छ कि, जसरी सपनामा हामी  नदी ,हिमाल ,पाहाड वा यस्तै जे देख्छौ विउँझेपछि सवै असत्य लाग्छ, व्यवहार कालमा प्रमाणित हुदैन त्यस्तै विपनामा देखिएको यो जगत पनि हामीमा सत्य ज्ञान भए पछि प्रतिभास मात्र रहेछ भन्ने ज्ञान हुन्छ । 

जसरी रसीलाइ सर्प ठानेर डराएकोमा रसी हो भन्ने जानकारी भएपछि सर्पको डर हराउछ । यसर्थ सवै कुराहरु व्रम्हमा परिकल्पित हुन्छ ,अज्ञान  समाप्त भएपछि प्रतीतिको प्रतिभासको अन्त्य भई सवै व्रम्ह हो भन्ने वोध हुने यस कथाले निरुपण गर्दछ । यो कथा भगवान राम र गुरु वशिष्टज्युको सम्वाद संग्रह, योग वाशिष्ठको उत्पत्ति प्रकरण वाट साभार गरिएको हो यसलाई मन्डपोपाख्यान भनिएको छ । धन्यवाद ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …