मुलुकमा यतिबेला सरकारलाई कुन दलले कसरी नेतृत्व गर्ला भन्ने विषयलाई एकदम महत्वको साथ हेरिएको छ । सबै पार्टीका नेताहरु यो विषयमा छलफलको लागि भेला बैठक गर्ने क्रम पनि जारी रहेको छ ।
सर्वोच्चले नेकपा विवादलाई समाधान त गरिदियो, अहिले देशमा सांसदको जोडघटाउ गर्ने हो भने नेकपा एमाले सबैभन्दा ठुलो र शक्तिशाली पार्टी बनेको छ । तर नेकपा एमाले नै दुई गुटमा विभाजन भएको अवस्था छ । नेकपा एमालेले सरकार संचालन गर्ने भन्ने विषय पनि अन्यौलमा परेको छ ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुहरु सरकारमा पनि नजाने तथा प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव पनि नल्याउने भनेर प्रष्ट पारिसकेका छन् । यसले कांग्रेसको धारणामा नै ठुलो प्रश्न खडा गरेको छ ।
केन्द्रमा भएको राजनीतिक लफडाले स्थानीय तहमा पनि असर परेको छ । स्थानीय तहमा पनि राजनीतिक समस्या देखिन थालेको छ ।
यिनै समसामायिक राजनीतिक विषयमा केन्द्रीत रहेर आगमनखबरका दिनेश अर्यालले नेपालि कांग्रेस खोटाङका पुर्व सभापति विष्णुकुमार राईसँग कुराकानी गरेका छन् ।
देश ठुलो राजनीतिक संकटमा फसेको छ , देशको वर्तमान राजनीतिक अवस्थालाई समग्रमा कसरि मुल्यांकन गर्नुहुन्छ ?
देशको राजनीति यतिबेला एकदम जटिल अवस्थामा पुगेको छ । जनताको लागि अनुकुल छैन । गत पौष पांच गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि देशको मुलुक अन्यौलमा परेको थियो । तर फाल्गुन ११ गते सर्वोच्च अदालतले संसद बचाईदिएपछि देशको राजनति केहि मात्रामा माथी उठेको थियो । त्यसपछि फेरी नेकपाको आधिकारिकता पनि ठुलै लडाईं भयो, पछी अदालतले त्यो कुराको टुंगो लगाईदिएपछि राजनीतिक विवाद केहि मात्रामा हल भयो । त्यसपछी नेकपा नेकपा नभई पुर्वमाओवादी र एमालेमा परिणत भएपछी सोहीअनुसार राजनीतिक अभ्यास सुरु हुन् थालेको छ । त्यसमा फेरी एमालेमा दुई गुट हुनाले विवाद अझै पनि कायम छ हुनुपर्ने जति हल हुन् सकेको छैन । समग्रमा हेर्दाखेरी देशको राजनीति एकदम गम्भीर मोडमा रहेको मान्न सकिन्छ ।
प्रधानमन्त्रीले राजिनामा दिनैपर्ने हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयलाई अदालतले गलत सावित गरिसकेपछी उहाँले नैकिकताको आधारमा राजिनामा दिनुपर्ने हो । ईतिहासमा अरु धेरै प्रधानमन्त्रीले राजिनामा दिएको उदाहरणहरु छन् । उहाँको रणनीति अझै सरकारमा टिक्ने भन्ने रहेको छ । उहाँलाई अझै केहि समय प्रधानमन्त्री चाहिएको छ ।
केन्द्रमा भएको राजनीतिक उतारचढावले स्थानीय तहमा कस्तो खाले असर पर्ने रहेछ ?
केन्द्रमा राजनीतिक उतारचढाव भएपछी त्यसको केहि झिर्का स्थानीय तहमा पनि आउने नै भयो । केन्द्रीय राजनीति यतिबेला कुर्सीमा केन्द्रीत भएको प्रष्ट देख्न सकिन्छ । नेकपा एमालेमा अहिले जुन किसिमको विवाद आईरहेको छ असर स्थानीय तहमा परिसकेको छ ।, एमालेका नेताहरु पनि माधव-झलनाथ पक्ष तथा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षमा विभाजन भएका छन् । केन्द्रको लफडाले स्थानीय तहमा एकदमै ठुलो असर पारेको छ । केन्द्रमा गुट सिर्जना भयो भने प्रदेश हुँदै विस्तारै स्थानीय तहमा पनि त्यसको साईड इफेक्ट देखिन्छ । राजनीतिक गुटको सिर्जना भएपछी त्यसले विकाश निर्माणका कामहरु देखि लिएर अन्य धेरै कुराहरुमा असर पारेको छ ।
खोटाङमा एमालेको अवस्था के छ ?
केन्द्रमा एमाले दुई गुटमा विभाजन भएपछी स्थानीय तहमा पनि एमाले दुई गुटमा नै विभाजन भएको छ । एउटा पक्ष केपी ओलीका छन् भने अर्को पक्ष माधव-झलनाथ पक्षका रहेका छन् । खोटाङ पहिलेदेखि नै कम्युनिष्टको हावी हुँदै आएको जिल्ला हो । खै के भएर हो खोटाङमा खासै केहि विकाश हुन् सकेको छैन । खोटाङमा अहिले कम्युनिष्ट सरकारले विकाश हुन् नसकेकोले अबको निर्वाचनमा कांग्रेसले जित्ने सम्भावना रहेको छ ।
तपाईको पार्टी सभापतिले सरकारमा पनि नजाने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि नल्याउने भनेर भनिरहनुभएको छ , खासमा उहाँले भन्न खोज्नुभएको के हो ?
अब यदि अविश्वासको प्रस्ताव दर्ता गरेर आफुले सरकारको नेतृत्व गर्ने हो भने तिस दिन भित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । कांग्रेसले अहिले नै प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने हो भने, कांग्रेसको अहिले नै सिट छैन त्यसैले अहिले कांग्रेसले दर्ता गर्नु आवश्यक छैन । अर्को कुरा के भने नेपालि कांग्रेस प्रमुख प्रतिपक्षी दल भएको हुनाले आगामि पांच वर्षसम्म प्रतिपक्षीको भूमिकामा बस्ने र सरकारमा नजाने भन्ने कुरा गर्नुभएको हो । कांग्रेस अब संसदमा कसरि अगाडी बढ्ने भनेर छलफल भईरहेको छ । सरकार संचालनको विषयमा केन्द्रीय नेताहरु आन्तरिक गृहकार्यमा हुनुहुन्छ ।
एउटा कांग्रेस नेताको हैसियतले, राजनीतिक मामिलामा कांग्रेसलाई के सुझाव दिन चाहनुहुन्छ ? यस्तो जटिल परिस्थितिमा कांग्रेस कसरि अगाडी बढोस भन्ने चाहनुहुन्छ ?
नेपालि कांग्रेसलाई जनताले पांच वर्षको लागि प्रतिपक्षीमा बस्ने भनेर पठाएको हो । त्यसैले नैतिकताको आधारमा नेपालि कांग्रेस पांच वर्षसम्म प्रतिपक्षीको भूमिकामा बस्ने पर्ने हुन्छ । कांग्रेस पांच वर्ष प्रतिपक्षीको भूमिकामा बस्नु भनेको आफ्नो नैतिक दायित्व पुरा गर्नु पनि हो । तर देशमा सरकारको नेतृत्व गर्ने कुनै पनि पार्टी अगाडी सरेन भने कांग्रेसले टुलुटुलु हेरेर बस्नु पनि हुदैन । सरकार संचालनको विषयमा कांग्रेसले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …