तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

पोखरा । आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ ।

पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच एण्ड वीन’ मार्फत सो अफर ल्याउन लागिएको समितिका संयोजक अग्नि कँडेलले जानकारी दिनुभयो । “पर्यटक आउनुस् भनेर मात्र आउँदैनन्, केही विशेष र आकर्षक योजना चाहिन्छ । हामी त्यसैका लागि केही अफरको गृहकार्यमा जुटेका छौँ”, कँडेलले भन्नुभयो ।

उहाँका अनुसार विमानस्थलमा जहाजमा उड्ने यात्रुलाई बोर्डिङ पाससँगै र पर्यटक बसबाट यात्रा गर्ने यात्रुलाई टिकटसँगै ‘पासपोर्ट टु पोखरा’ को एउटा ब्रोसर पनि दिइन्छ । उक्त ब्रोसरको माथि स्क्राच गर्ने ठाउँ हुनेछ । उक्त स्थानमा स्क्राच गरेपछि भाग्यमानी विजेताले त्यहाँ उल्लिखित सेवा निःशुल्क प्राप्त गर्नेछन् । काठमाडौँबाट विभिन्न स्थानमा जाने नेपाली यात्रुलाई लक्षित गरी यो अफर ल्याउन लागिएको हो । स्क्राच कुपनमा प्याराग्लाइडिङ, बञ्जि,र्¥याफ्टिङ, जीप लाइन, अल्ट्रालाइट, डुङ्गा, एयर टिकट, बस टिकट, होटल, पदयात्रा, साइट सिनलगायतका गतिविधि अफरमा समावेश हुनेछ । सो अफरका लागि पर्यटन सम्बद्ध सङ्घ संस्थाले आ–आफ्नो क्षेत्रसँग जोडिएका कुरालाई समावेश गर्नसक्ने छन् ।

सो योजनाका लागि पोखरा पर्यटन परिषद् (पिटिस) ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल, पश्चिमाञ्चल होटल एशोसिएशन (हान), नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर एजेन्टस (नाट्टा) रेष्टुराँ एण्ड बार एशोसिएसन (रेवान), ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएशन (टेसा) नेपाल माउण्टेनरिङ. एशोसिएशन (एनएमए) नेपाल हवाई खेलकूद सङ्घ (ना), इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (ऐगा), डुङ्गा व्यवसायी, माता तालबाराही आरती सेवा समितिलगायत अन्य सङ्घ संस्थासँग समन्वय र सहकार्य गरेर विशेष प्याकेज ल्याउने तयारी गरिएको हो ।

कँडेलका अनुसार प्रारम्भिक चरणमा नेपाली नागरिकलाई मात्र लक्षित यो योजनालाई सार्वजनिकसँगै अन्य योजनामा समिति जुट्ने छ । त्यसैगरी गण्डकी प्रदेशको मनाङबाहेकका जिल्लामा उपसमिति बनेको र उक्त जिल्लाबाट पनि स्थान विशेषका पर्यटन ‘प्रोडक्ट’ र गतिविधिका बारेमा जानकारी मागिएको छ । कोभिड–१९ पछि पर्यटनमा नवीनतम सोच र विशेष योजनाको आवश्यकतासँगै प्रदेशको पर्यटकीय विषयसँग जोडेर प्राकृतिक, सांस्कृतिक र धार्मिक गतिविधिलाई जोड दिने कार्यक्रमसमेत ल्याउने तयारीमा समिति जुटेको संयोजक कँडेलले भनाइ छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कोभिड–१९ पछि पर्यटनको अवस्थालाई गति दिन आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले विशेष योजना र प्याकेजबाट पर्यटकलाई आकर्षित गर्न सकिने जनाउँदै विभिन्न सङ्घ संस्थासँग समन्वय र सहकार्यमार्फत केही नवीनतम योजना सार्वजनिक गर्न लागिएको बताउनुभयो । देशका सातै वटा प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरी सोअनुसार पर्यटकीय गतिविधि अगाडि बढेको उहाँको भनाइ छ । “पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने तयारीसँगै अहिले ‘पासपोर्ट टु पोखरा’ योजना तयारीमा छौँ, यसले पर्यटकमा एउटा उत्साह थपिदिने विश्वास लिएका छौँ ।” उहाँले अबको पर्यटनमा नवीनतम सोचको आवश्यकतासँगै यस विषयमा सरोकारवालासहितको राय सुझावसहित ‘वर्कआउट’ गरिरहेको जानकारी दिनुभयो । उहाँले प्रदेशका पर्यटकीय गन्तव्यसँगै सांस्कृृतिक, धार्मिक, प्राकृतिक पक्षलाई उजागार गर्ने कार्यक्रमलाई समेत बोर्डले जोड दिँदै आएको बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …