तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

दिनेश अर्याल

देशमा राजनीतिक उतारचढाव आएसंगै अहिले देशमा कसको नेतृत्वमा सरकार बन्ला भन्ने कुरा अहिले सबैको चासोको विषय बनेको छ ।

त्यस्तै नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने निर्णय गरेको छ ।

प्रधानमन्त्रीले  गरेको  संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेसंगै ओलीले अविश्वासको प्रस्ताव आए पनि त्यसलाई फेस गरेर अगाडी बढ्ने भन्ने भनेर घोषणा गरेका थिए, तर अहिलेसम्म  ओलिविरुद्ध कसैले पनि अविश्वासको प्रस्ताव पेश नगरेको अवस्था रहेको छ ।

त्यस्तै माओवादीले सरकारलाई गरेको समर्थन फिर्ता लिने या नलिने भन्ने विषयले पनि धेरैको ध्यान तानिरहेको छ । समर्थन फिर्ता गर्ने या नगर्ने भन्ने विषमा माओवादी केन्द्रले हालसम्म टुंगो लगाएको पनि छैन ।

यिनै समसामयिक राजनीतिक विषयमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटीको नेता  हरिबोल गजुरेलसंग आगमनखबरका पत्रकार  दिनेश अर्यालले कुराकानी गरेका छन् ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

देशमा भएको यो  राजनीतिक उतारचढावलाई कसरि संश्लेषण गर्नुभएको छ , देशमा साच्चैं नै के भईराखेको अवस्था हो ?

देशमा अहिले जुन उतारचढाव भएको भन्नुभएको छ यो केहि नभएर एउटा अग्रगमन र प्रतिगमनबिचको लडाई हो, संघर्ष हो । देशमा जेजति परिवर्तन भएको छ त्यसलाई फेरी पछाडी नै फर्काउने प्रयास भईराखेको छ । हामीहरुले यसलाई कसरि हुन्छ मेन्टेन गर्ने प्रयासमा छौं तर प्रतिगामीहरु कसरि व्यवस्थालाई पछाडी धकेल्ने भनेर लागिपरेका छन् । कुरा यत्ति नै हो ।

सरकार कसको नेतृत्वमा बन्ला भन्ने कुरा यतिबेला सबैको चासोको विषय बनेको छ । नेकपा माओवादीले सरकार गठन गर्नेको लागि कस्तो गृहकार्य गर्दैछ ?

अहिले देशमा जुन अग्रगमन तर प्रतिगमनबिचको लडाई भईराखेको छ, सरकार कसरि बन्ने भन्ने कुरामा यसले ठुलो हिस्सा ओगटेको छ । यो सामान्य कुरा छैन, सरकार बनाउने भन्ने विषयमा यतिबेला देशभन्दा बाहिरका मानिसहरु समेत लागिपरेका छन् । सरकार बनाउने भन्ने कुरा सामान्य विषय होईन । हामीले प्रतिगमनले जेजति कार्यहरु गर्दै आईरहेको छ, त्यसलाई रोक्न पूर्णरुपमा प्रयास गरिरहेका नै छौं । संसद विघटन भईसकेपछी हामी सडकमा गयौं,  आन्दोंलन गर्यौं त्यसरी संसद पुनर्स्थापना भयो । हामीले सरकार गठनबारे ओली सरकारको विकल्प आएपछि मात्र छलफल गर्नेछौं ।  सरकारमा जानको लागि सांसद पुर्याउनुपर्यो त्यसको लागि पनि छलफल हुँदैछ

माओवादी केन्द्रले जसरि ओली सरकारलाई समर्थन गरेको छ अबका दिनहरुमा ओलीलाई दिएको समर्थन फिर्ता गर्ने या नगर्ने भन्ने विषयमा के छलफल हुँदैछ ?

समर्थन फिर्ता गर्ने या नगर्ने भन्ने विषयमा  निर्णय गर्नुभन्दा अगाडी ओली सरकारको विकल्पको आवश्यकता पर्दछ । विकल्पबिना नै अहिले नै निर्णय गर्यो भने फेरी अर्को राजनीतिक दुर्घटना हुने सम्भावना पनि उत्ति नै रहेको छ । अहिले समर्थन फिर्ता लिने तर पछी पनि केहि विकल्प रहेन भने समस्या आउन सक्छ ।

समर्थन फिर्ता गर्ने या नगर्ने भन्ने विषयमा टुंगो लगाउनको लागि तपाईंहरुलाई कुन कुराले अवरोध गरेको छ, केको पर्खाईमा छ माओवादी केन्द्र ?

हामीहरु यतिबेला विकल्पको पर्खाईमा रहेका छौं । राजनीतिक दलहरु असंवैधानिक कदमको लागि लडे । सबै कुराहरुलाई मिलाएर नयाँ सरकार गठन गर्ने प्रक्रियामा अगाडी बढ्ने कुरा हामीले गरेका छौं । अहिले चाँही यहि सरकारलाई टिकाएर झन् पछाडी फर्कने प्रयास भईरहेको छ ।

माओवादीले कानुन व्यवसायीहरूसँगको छलफल पछी पुनरावेदन जाने निर्णय गरेको छ । तर माओवादी र एमाले अब मिल्न सक्दैनौं भनेर नै टुक्रामा विभाजित भएपछी पनि तपाईहरुले कानुन व्यवसायीको सल्लाह मान्नु अनौठो भएन र ?

जन्मेको बच्चाको नाम राख्यो, अब त्यो नाम फेर भन्नुको सट्टामा त्यो बच्चालाई फेरी गर्भभित्रै हाल भन्ने खालको संदेश जुन हावी भएको छ । बच्चाको नाम फेर भन्नुको सट्टा बच्चालाई फेरी गर्भभित्रै पठाउ भन्नु कत्तिको उचित होला ? नेपालको राजनितिमा अहिले भएको पनि त्यहि नै हो । पार्टी विभाजनको पक्षमा हामि छैनौं ।

तपाईको आशय फेरी पनि एमाले संग मिलेर पार्टी एकता गरेर अगाडी बढ्ने भन्ने हो त ?

हामि अस्तिसम्म त नेकपाभित्रै थियौं । नेकपालाई बलियो ढंगले अगाडी बढाउने भन्ने हामि सबैको चाहना नै थियो । केपी शर्मा ओलीले गलत कदम चालेकोले खालि कारवाही मात्र भएको न हो । नेकपाको आधिकारिकता ऋषि कट्टेलले दावी गरेपछि हामीले प्रतिवाद गरेका थियौं, त्यो हाम्रो मात्र नभएर केपी ओलीको पनि कुरा थियो । आफैंले दावी गरेको मुद्दा हार्दा पनि केपी ओली खुशी हुनुभएको छ ।

संसद विघटन वदर भएपछी प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आए पनि त्यसलाई फेस गरेर अगाडी बढ्ने भनेर घोषणा गरेका थिए । देशका सबैजसो राजनीतिक दलहरु ओली प्रवृत्तिप्रति रुष्ट हुँदाहुँदै पनि अहिलेसम्म अविश्वासको प्रस्ताव पेश गर्न सकेका छैनन् ।अविश्वासको प्रस्ताव पेश गर्नको लागि   माओवादीले पनि कुनै चासो नदेखाएको अवस्था छ नि ?

हामीले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने चरणमा छौं तर हामीलाई राजपाले रोकिराखेको अवस्था छ । कस्तो सरकार ल्याउने भन्नेमा राजपामा मत विभाजित छ, एउटा पक्षले अर्को सरकार ल्याउनुपर्छ भन्नेमा छ भने अर्को पक्षले यहि सरकार ठिक छ भनेर भनिरहेको छ ।

राजनीतिमा नैतिकताको खडेरी परिरहेको छ, प्रधानमन्त्रीले आफैं जानेर राजिनामा दिनुपर्ने ठाउँमा अझै पनि त्यहीं ठाउँ ओगटेर बसिरहेको अवस्था छ । उहाँले चालेको कदमविरुद्ध सर्वोच्चले फैसला गरेपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने थियो । हिजोको दिनहरुमा झलनाथ खनालले राजिनामा दिएका थिए, माधव नेपालले दिएका थिए । गिरिजाप्रसादले राजिनामा दिएका थिए ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिनुको कारण के हो ? मैले यो बुझ्न चाहेंको हो ।

अहिले ओली सरकारको विकल्प छैन, जनताहरुलाई सरकारविहीन भएको फिल गराउन हुँदैन । यतिबेला हाम्रो चिन्ता भनेको देशका नागरिकहरु सबै सरकारविहिन हुन्छन कि भन्ने हो । हामीले अविश्वासको प्रस्ताव पेश नगर्नुको कारण ओलीको माया लागेर होईन कि जनताहरु सरकारविहीन अवस्थामा नपुगुन भनेर हो ।ओली सरकारको विकल्प नहुने बेलासम्म हामीले अविश्वासको प्रस्ताव नल्याएको हो ।

अनि विकल्पै भएन भने नि ?

हामि हतार नगरिकन केहि समय नबोली बस्छौं, त्यसपछि पनि केहि भएन भने हामि ठोस निर्णय गरेर अगाडी बढ्नेछौं ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …