तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ । खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष शंखर बहादुर राईले आफ्नो ओहोदा , मर्यादा र कर्तव्यबाट च्युत हुदै पालिकाको केन्द्र चिसापानी बजारको सार्वजनिक स्थल बी.पी. चोकमा देखाएको बहुलठ्ठीपन , सत्ता , उन्मत्तता र अकर्मण्यतापुर्ण चरीत्रले ओली प्रवृत्तीरुपी भाइरस गाउँ गाउँ सम्म पुगीसकेको भन्दै नेपाली कांग्रेस खोटाङ क्षेत्रिय सभापति तीर्थराज भट्टराईले प्रेस विज्ञप्ती जारी गरी आपत्ति जनाएका छन ।

गाउँपालिका अध्यक्ष राईले गत चैत्र ६ गतेको खानेपानी तथा ढल व्यवस्थापन  बैठकपछी स्थानीयलाई बारम्बाररुपमा धम्कि दिंदै आईरहेकाले आपत्ति जनाएका हुन ।

नेपाली कांग्रेस खोटाङ २०७४ सालमा भएको केन्द्र प्रदेश तथा स्थानीय तहको निर्बाचनमा नेपाली जनताले समृद्धि , सुशासन र स्थानीय सरकारको परीकल्पना सहित ने.क.पा. एमाले र ने.क.पा. माओबादी केन्द्रलाई सत्ताको तालाचाबी बुझाएको सर्वविदीतै छ । तर यो ३/४ बर्षको अवधिमा कम्युनिष्ट पार्टीको नेतृत्वमा गठित तिनै तहका सरकारले जनताको आशा , भरोसा र विश्वास माथि कुठाराघाट गर्दै संस्थागत भ्रष्टचार , विलाशिता पुर्ण जीवनशैली नकारात्मक चिन्तन र अधिनायकवादी चरीत्र प्रदर्शन गरी देशलाई संकटको भुमरीमा फसाएको बिषय आम समुदायमा घामझै छर्लङ्ग छ क्षेत्रिय सभापति तीर्थराज भट्टराईद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष राईले आफुलाई सच्याउदै स्थानीय नागरीक टिका प्रसाद रेग्मीसंग प्रत्यक्ष दर्शी तथा आम समुदायका विचमा सार्वजनिकरुपले माफी माग्न आग्रह गरी पार्टीको ६ बुंदे धारणा सार्वजनिक गरेका छन  ।

यस्तो छ ६ बुंदे धारणा

१. जन्तेढुङ्गा गा.पा. – ५ , चिसापानी निवासी टिका प्रसाद रेग्मीलाई चिसापानी बजारको ढल तथा खाने पानी व्यवस्थापन समिति २०७७/१२/०६ गते पालिकाको कार्यालयमा बैठक बस्ने गरी मिति २०७७/१२/०४ गतेको मितिमा च.नं. ७२८ को पालिका अध्यक्ष शंखर ब . राईले हस्ताक्षर गरी पत्र पठाउनु भएको र उक्त योजना पारदर्शिताको बारेमा उपभोक्ताको हैशियतबाट प्रश्न उठाएको भन्दै चैत्र ६ गते ५ बजे चिसापानी बजारको मुटु बी.पी. चौकमा सार्वजनिक स्थलमा ज्यान मार्ने धम्की दिदै तल्लो तहको गाली वेइजती गर्ने , झुट्टा आरोप लगाएर अपराधि घोषित गर्ने पालिका अध्यक्ष राईले जुन ठाउँमा जसरी दुरव्यवहार गर्नु भयो त्यहि ठाउँमा आम समुदायको विचमा टिका प्रसाद रेग्मी संग आजका मितिले ७ दिन भित्र सार्वजनिक माफी नमागे नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिन चाहन्छौ ।

२. देलुन खोला खाने पानी योजना संचालन गर्न कुन कुन निकायवाट कति रकम आएको हो र लागत स्टमेट कति हो ७ दिन भित्र यथार्थ विवरण सार्वजनिक गर्न माग गर्दछौ ।

३. पालिका भित्र संचालित विभिन्न शिर्षकका योजनाको सूचनाको हक अनुसार व्यक्तिगतरुपमा एवं स्थानिय छाया सरकारका प्रमुख खेम ब . खड्काले विवरण माग गर्दा पालिकाबाट उपलब्ध नभएकाले तत्काल उपलब्ध गर्नु गराउनु आग्रह गर्दछौ ।

४. निर्वाचित जनप्रतिनिधिले सत्ता र शक्तिको दवावमा राष्ट्र सेवक कर्मचारीलाई प्रक्रिया भन्दा बाहिर काम कारबाही गराउन प्रभावित गराइ रहेको सन्दर्भमा यस्तो कानुन् विपरीत काम नगर्न अनुरोध गर्दछौ अन्यथा यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थीतीको जिम्मेवारी सम्बन्धित राष्ट्र सेवक कर्मचारी जिम्मेवार रहने जानकारी गराउदछौ ।

५. स्थानीय सुरक्षा निकायले पिडीत को उजुरी दर्ता गर्न नमानेको घटनालाई गम्भिरता पुर्वक लिदै राज्य संयन्त्र भोका , नाङ्गा , निमुखा र सबै जनताको अभिभावक बन्न आग्रह गर्दै कानुनी प्रक्रिया अपनाई मुद्दा दर्ताको काम अगाडी बढाउने कुरा आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौ । त्यसै गरी यस्ता गलत प्रवृत्ति र गतिविधिका विरुद्ध एकताबद्ध ढंगबाट अघि बढन सबै राजनितिक दल , बुद्धिजीवि , व्यपार व्यवसायी र आम जनतामा अनुरोध गर्दछौ ।

६. फरक आस्था र विचार भएका शिक्षक , कर्मचारी लगायतका सर्वसाधरणलाई धम्क्याउने , हप्काउने र अनुचित प्रभाव र दवाव दिने गतिविधि भईरहेकाले यस्ता गतिविधि रोक्न आग्रह गरीन्छ । अन्त्यमा पिडित टिका प्रसाद रेग्मीमाथी कुनै भौतिक आक्रमण भए वा कुनै घटना घटे यसको सम्पुर्ण जिम्मेवारी जन्तेढङ्गा गाउँपालिका अध्यक्षको रहने अपिल सार्वजनिक गर्दछौ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …